Shikhar Insurance

नेपालगञ्ज भन्सारको राजश्व सङ्कलनमा गिरावट, ९ अर्ब २९ करोड कम राजश्व असुली

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १०:४७
NIMB
Nabil Bank

खजुरा । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व कम असुली भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को गत ६ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा ९ अर्ब २९ करोड रुपैयाँ कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार जमुनाहनाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा चालु आवको गत ६ महिनामा ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार घाटा भएको छ । तर यो घाटा गत वर्ष सोही अवधिमा भएको व्यापार घाटाभन्दा ९ अर्ब २९ करोड ६८ लाख ७२ हजार रुपैयाँ कम भएको अधिकृत शर्माले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा धेरै भएको हो । सो कार्यालयका अनुसार निकासी ज्यादै न्यून भए पनि पेट्रोलियम पदार्थ, खाद्यान्न, उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतको आयात बढ्नु र निर्यात भने न्यून हुँदा व्यापार घाटा उच्च भएको हो ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म सो नाकाबाट ३२ अर्ब ५५ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएकामा ९९ करोड ६३ लाख १० हजारको मात्र वस्तु निर्यात भएको छ । यसरी ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार व्यापार घाटा भएको छ । भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिमा सो नाकाबाट ४१ अर्ब ८४ करोड १ लाख ९९ हजारको वस्तु आयात भएकामा ९७ करोड ३ लाख ४ हजारको सामग्री निर्यात भएको थियो ।

चालु आवमा चिनी, गहुँजस्ता वस्तुमा कोटा सिस्टम लागू गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नुलगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाउनुजस्ता कारणले आयात घटेको भन्सार कार्यालयले जनाएको छ । जमुनाहानाकाबाट पेट्रोलियम पदार्थ, शुद्ध फलाम, भटमासको पिना, दाललगायतका वस्तुको आयात बढेको छ भने चामल, चिनी, एलपी ग्यास, आलु, कोइला, कृषियन्त्रलगायतका वस्तुको आयात घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्