Shikhar Insurance

६ महिनामा भित्रियो पौने ६ खर्ब रेमिट्यान्स, वैदेशिक रोजगारीमा २ लाख ७५ हजार बढी नेपाली

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । मुलकमा ६ महिनामै पौने ६ खर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वषृको पुस मसान्तसम्म कूल ५ खर्ब ८५ अर्ब ८ करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार सो अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई २ लाख ७५ हजार ६ सय ४३ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५ सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ सय ९८.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्