Shikhar Insurance

‘आरोप प्रति सरकारले छानबिन गरोस्, गल्ती भए टुडीखेलमा झुण्डाइयोस्’–बोर्ड अध्यक्ष हमाल

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार १९:२०
NIMB
Nabil Bank

पछिल्लो समय मेरो नागरिकता र पासपोर्टको विषयमा विवाद उठेको छ । व्यक्तिगत तबरबाटै आक्रोसहरु पोखिएका छन् । बोर्डमा म आएपछि बोर्डले लिएको तिव्रताकै कारण मेरो चरीत्रको हत्या गर्ने कोशिस भइरहेका छन् । नागरिकताको सवालमा होस् या कुनै पनि अनियमितताको सवाल होस् कानुनी राज्यमा सबै सम्बोधन हुन्छ ।

नागरिकताको सवालमा मैले नेपाली नागरिकता बाहेक कुनै पनि देशको स्थायी बासिन्दाँको प्रमाण पनि लिएको छैन । पछिल्ला समयमा केही सञ्चारमाध्यमले मैले नेपाल बाहेक अन्य देशको पनि नागरिकता लिएको (दोहोरो नागरिकता भएको) भन्ने समचार प्रकाशित गरेका छन् । तर, मैले कुन देशको नागरिकता लिएको छु ? त्यो उल्लेख गरेको छैन । आधारभुत तथ्य पनि उल्लेख नगरी कसैको चरीत्र हत्या गर्नुतर्फ त लाग्नु भएन ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले म ५५ वर्षको भएको यो उमेरसम्म आइपुग्दा, सन् १९८९ देखि सन् १९९७ सम्म ८ वर्ष नेपाल विद्युत प्राधिकरणमा काम गरे, त्यसपछि वेदशमा गई युएन, निजी क्षेत्रदेखि एनआरएनको नेतृत्वमा रहेर समेत काम गरेको छु । यसअवधिमा म बाट एउटा पनि कुनै गल्ती भएको भएको कसैले देखाउनु भयो भने मलाई टुडिखेलमा लगेर झुण्ड्याउनु भए हुन्छ । त्यसलाई उदाहरण बनाएर नेपालको विकासमा मेरो सहयोग रहनेछ । तर, मेरो चरीत्र हत्या गर्ने नाममा झुटा आरोप लागाउन मिल्दैन । कानुनी राज्यमा कानुनले न्याय गर्छ । अरुले गर्ने होइन ।

हामीबाट गल्ती भएका रहेछन् भने, सरकार र सम्बन्धित पक्षले अनुसन्धान गर्नु पर्यो । दोहोरो नागरिकताको विषयमा अदालतले समेत फैसला गरिसकेको छ । एउटा प्रक्रिया पुर्याउनु पर्ने भनेको छ । मेरो दोहोरो नागरिकतामा संका भए पत्रिकामा जाने की अदालतमा जाने? अदालतमा गए यो विषय एक दिनमै टुंगो लाग्छ ।

मेरो छोरा थाइल्याण्डमा जन्मिएको हो तर, उसको पनि नेपाली नागरिकता छ । त्यसैले, म आफ्नो मातृभुमीको सौदा गर्दिन । दोहोरो नागरिकता लिनलाई म अन्य देशमा बसेको हैन । म आफ्नो व्यवसाय विस्तार, फाइनान्सियल एपोटिज लिनको लागि र परिवारलाई राम्रो सुखमय जिवन दिनको लागि विदेश बसेको हुँ । त्यसको लागि मैले कुनै देशको दास बनेर वा नागरिकता लिएर बस्नु पर्दैन । यतिको लागि मातृभुमी आमा नै परिवर्तन गर्नु पदैन ।

नेपालको पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताहरुको हित संरक्षणको लागि बोर्डको नेतृत्वमा आएको हुँ । अध्यक्ष पदको लोभमा जागिरै खानु बोर्डमा आउनु पर्ने मान्छे म हैन । मलाई ५० लाख जनताले मन पराए भने मेरो लागि ठुलो खुसीको कुरा हो । मलाई आक्षेप लगाउनु अघि मेरो पृष्ठभुमि बुझेर लगाउने गर्नुस् ।

(धितोपत्र बोर्डद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले आफुलाई लागेको आरोप बारे दिएको जवाफ)

GBIME

प्रतिक्रिया दिनुहोस्