Shikhar Insurance

कृषि विकास बैंकमा नयाँ सिईओः इच्छाराज तामाङदेखि डा. युवराज खतिवडासम्मलाई चासो

सिंहदरबार संवाददाता
२०७९ माघ २४, मंगलवार १३:०७
NIMB
Nabil Bank

काठमाडौं । बहुमत सरकारी सेयर स्वामित्व रहेको कृषि विकास बैंकमा नयाँ सिईओ चयन प्रक्रिया जारी छ । छनौट समितिले आव्हान गरेको समय अर्थात माघ १५ गतेभित्र २२ जनाले आवेदन दिएका थिए । उनीहरुले पेश गरेको प्रस्ताव र कागजातहरुको मूल्यांकन गरि पाँच जनाको नाम छनौट गरि अन्तरवार्ताका लागि बोलाइनेछ । कृषि विकास बैंकमा अनिल उपाध्यायको कार्यकाल नथपिएपछि नयाँ सिईओका लागि प्रक्रिया अघि बढेको हो ।

तर अहिले नै कृषि विकास बैंकको सिईओ को हुनेछ भनेर अड्कलहरु सुरु भैसकेका छन् । त्यसमा व्यवसायीक घरानादेखि पूर्व गभर्नर तथा अर्थमन्त्री र राजनीतिक वृत्तमा पनि व्यापक चासो छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको नयाँ सिईओमा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको मात्रै होइन, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडादेखि विवादास्पद व्यवसायी इच्छाराज तामाङको समेत चासो देखिएको छ ।

डा. खतिवडाले नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी अशोक पौडेललाई सिईओ बनाउन चाहेका छन् । पौडेलका लागि डा. खतिवडाले एमाले अध्यक्ष केपी ओलीलाई कन्भिन्स गराउन प्रयास गरिरहेको स्रोत बताउँछ ।

उता, सिभिल बैंकका पूर्व सिईओ गोबिन्द गुरुङलाई कृषि विकास बैंकको सिईओ बनाउन विवादास्पद व्यवसायी इच्छाराज तामाङको समुह लागिपरेको बताइन्छ । तामाङले पनि एमाले अध्यक्ष केपी ओलीसँग लबिङ थालेका छन् । सिभिल बैंकलाई राम्रोसँग चलाउन नसकेको र इच्छाराज तामाङको ‘एस म्यान’का रुपमा काम गरेकाले उनलाई कृषि विकास बैंकको सिईओ बनाउँदा गलत सन्देश जाने भन्दै एमालेकै अर्काे एक समुह गुरुङलाई रोक्न लागिपरेको छ । उता, एमाले उप महासचिव पृथ्वी सुब्बा गुरुङले पनि गोबिन्दलाई सिईओ बनाउन अर्थमन्त्री पौडेललाई आग्रह गरिसकेको स्रोत बताउँछ ।

निमित्त सिईओको जिम्मेवारीमा रहेका प्रताव सुवेदी पनि  सिईओ बनाउने लाइन खाेजिरहेका छन् । इलामका पूर्ण प्रसाद आचार्य भने सुभाष नेम्बाङ मार्फत लाइन मिलाउने प्रयासमा छन् । हाल सिडीएससीका सिईओ रहेका उनलाई त्यहाँ डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा नियुक्ती गरिएको थियो । उता, राष्ट्रिय सहकारी बैंकका सिईओ बद्रि गुरागाईँले एमाले नेता भानु ढकाल र बिनोद ढकाललाई अघि सारेर सिईओ बन्ने अभियान थालेका छन् । गुरागाईँले केशब बडाललाई पनि सहयोग गरिदिन आग्रह गरेको स्रोत बताउँछ । उता, कृषि विकास बैंककै डिजिएम रहेका यज्ञ न्यौपानेले एमाले महासचिव शंकर पोखरेलबाट आश गरेको देखिन्छ ।

त्यस बाहेक राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण श्रेष्ठले आफ्नै मातहतमा काम गरेका पूर्व डेपुटी सिईओ कबिराज अधिकारीलाई अघि सारेको स्रोत बताउँछ ।

टप फाइभको लिगलिगे दौड
अहिले सिईओका लागि आवेदन दिएकाहरु टम फाइभको सूचिमा पर्नका लागि दौडधुप गरिरहेका छन् । आ आफ्नो नजिकको शक्ति केन्द्र मार्फत टप फाइभमा परेर सिईओ बन्ने बाटोमा एक कदम अघि बढ्न सबै प्रतिष्पर्धीहरुले कडा मेहनत गरेका हुन् ।

२२ आवेदकमध्ये गोबिन्द गुरुङ, पूर्ण आचार्य, प्रताव सुवेदी, अशोक पौडेल, बद्रि गुरागाईँ, कबिराज अधिकारी र यज्ञ न्यौपानेमध्येबाटै टप फाइभको सूचि तयार रहने सम्भावना रहेको स्रोत बताउँछ । आफु भन्दा कमजोर प्रतिष्पर्धीलाई टप फाइभमै छिर्न नदिएर आफ्नो लागि बाटो सहज बनाउने अभियानमा उनीहरु लागिपरेका छन् । छनौट समितिले भने केहि दिनभित्र टप फाइभको सूचि तयार पार्दैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्