Shikhar Insurance

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुभारम्भ

सिंहदरबार संवाददाता
२०७९ माघ २४, मंगलवार १७:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ ।

‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको ४ वर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज (माघ २४ गते) ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो । उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्टले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संघ, प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रम १९.५ मिलियन अमेरिकी डलर रहेको छ । यस कार्यक्रमले नेपालमा लैङ्गिक समानता तथा महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउने र समृद्ध र सुखी नेपालको राष्ट्रिय परिकल्पनालाई साकार पार्न काम गर्ने बताइएको छ ।

कार्यक्रम कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन गरिनेछ । कार्यान्वयनका विविध विषयमा संयुक्त राष्ट्रसंघका ४ वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम सङ्गठन, राष्ट्रसंघीया जनसंख्य कोष, राष्ट्रसंघीय बाल कोष र यूएन वुमनको सहयोग रहनेछ ।

शुभारम्भ समारोहमा मन्त्री चौधरीले महिलाको सशक्तिकरण नभई दिगो विकास नहुने उल्लेख गर्दै कार्यक्रम कार्यान्वयनमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले लैङ्गिक हिंसा अन्त्य र महिला सशक्तिकरणका लागि विभिन्न कानुन र संरचनागत व्यवस्था बनेको जानकारी गराउँदै कार्यान्वयनमा सबैको योगदान आवश्यक पर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्