Shikhar Insurance

सुनको मूल्य २ सय बढ्यो, कतिमा हुँदै कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार ११:१८
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज (माघ २५ गते) बुधबार सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको मूल्य १ लाख ४ हजार ८ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात मंगलबार तेजावी सुनको मूल्य १ लाख ४ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३ सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्