Shikhar Insurance

भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिन ऐलानी जग्गा नापजाँच सुरु

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १२:४६
NIMB
Nabil Bank

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच भइरहेको छ ।

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर-१२, १० लगायत वडामा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने छ । वडा नम्बर-१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको १ हजार ६ सय ८० कित्ता जग्गा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर-१ मा मात्रै ऐलानी जग्गाको नापजाँच पूरा भएको थियो । वडा नम्बर-१ मा १ हजार ५ सय ६६ कित्ता नापजाँच गरिएको थियो । यस्तै वडा नम्बर-२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको १ हजार ७ सय ३० कित्ता नापजाँच गरिएको थियो ।

वडा नम्बर-२ मा मात्रै अहिले १ हजार ८ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । योसँगै वडा नम्बर-२ मा ऐलानी जग्गा नापजाँचको काम पूरा भएको छ । “भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिन ऐलानी जग्गा नापजाँच तीव्र पारिएको हो”, नगरप्रमुख आचार्यले भने । अबको केही महिनामा नापजाँच सक्ने गरी काम भइरहेको छ ।

कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक एवम वडा नम्बर-१२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले ऐलानी जग्गा नापजाँचमा २१ अमिनको टोली खटिएको जानकारी दिए । कोहलपुरबाट ९, भूमि आयोगबाट ६ तथा जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित ६ जना खटिएका छन् ।

“जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ”, उनले भने। कोहलपुरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्