Shikhar Insurance

गम्भिर गल्ती गर्ने ९ वाणिज्य बैंकलाई राष्ट्र बैंकले चलायो डण्डा, ५ वटा सम्पती शुद्धिकरणमा संलग्न

कुन-कुन परे ?
सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन बढी वाणिज्य बैंकलाई सुपरिवेक्षकीय कारवाही गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा तोकिएको निर्देशन उल्लंघन गरी व्यवसाय गर्दा ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । जसमा केही बैंक पटक/पटक कारवाहीमा परेका छन् ।

सो अवधिमा राष्ट्र बैंकले प्रभु, कुमारी, प्राइम, सानिमा, सिभिल, नबिल, माछापुच्छ्रे, तत्कालिन बैंक अफ काठमाण्डू र तत्कालिन नेपाल इन्भेष्टमेण्ट बैंक राष्ट्र बैंकको कारवाहीमा परेको हुन् । जसमध्ये सोही अवधिमै प्रभु बैंक र माछापुच्छ्रे बैंक २ पटक राष्ट्र बैंकको कारवाहीमा परेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी राष्ट्र बैंकको सुपरिवेक्षकीय कारवाहीमा पर्नेमध्ये प्रभु, कुमारी प्राइम, नबिल र तत्कालिन बैंक अफ काठमाण्डू सम्पती शुद्धिकरणमा संलग्न हुँदा कारवाहीमा परेका हुन् । भने माछापुच्छ्रेले तोकिएको पुँजीकोष अनुपात कायम नगर्दा र सानिमा बैंकले तत्कालिन सीइओलाई थप सुविधा दिँदा कारवाहीमा परेको हो । साथै, सिभिल, माछापुच्छ्रे र तत्कालिन नेपाल इन्भेष्टमेण्ट बैंकले कर्जा सम्झौतामा उल्लेख गरिएको बाहिर गएर प्रिमिय थप घट हुने योजना ल्याउन नपाउने निर्देशन कार्यान्वयन नगर्दा कारवाहीमा परेको हो । जसमा राष्ट्र बैंकले सम्बन्धित बैंकका सीइओहरुलाई सचेत गराएको हो ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गर्दा प्रभु, कुमारी प्राइम र तत्कालिन बैंक अफ काठमाण्डूलाई ५ लाख रुपैयाँको दरले जरिवाना तिराएको छ । साथै माछापुच्छ्रे बैंकका सीइओलाई र सानिमा बैंकसचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । भने, नबिल बैंकलाई भने सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनको व्यवस्था बमोजिम ग्राहक पहिचान नराख्दा सीइओलाई सचेत गराएको थियो ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गर्दा कारवाहीमा परेको प्रभु बैंक राष्ट्र बैंकको निर्देशनअनुसार कालोसूची सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्दा दोस्रो पटक कारवाहीमा परेको छ । जसमा राष्ट्र बैंकले प्रभु बैंकलाई सचेत गराएको उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्