Shikhar Insurance

चालू आवको ६ महिनामा ४३५ उद्योग दर्ता, सबैभन्दा बढी कृषि तथा वन पैदावरमा

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १३:२५
NIMB
Nabil Bank

दमौली । चालू आर्थिक वर्षको ६ महिनामा तनहुँमा ४ सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को ६ महिनाको अवधिमा ४ सय ३५ उद्योग दर्ता भएका हुन् ।

सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिए । तीमध्ये ३४ उत्पादनमूलक, २ सय ६७ कृषि तथा वन पैदावर, १ पूर्वाधार, ७० पर्यटन, १ सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्”, प्रमुख कुँवरले भने, “यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा २ सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा ५ सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा २ हजार १ र ०७६/७७ मा ३ हजार ५ सय १५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका १ सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।

१ लाखसम्म पूँजी भएको उद्योगले १ हजार १ सय, ३ लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले ३ हजार १ सय, ५ लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले ६ हजार १ सय, ५० लाख रुपैयाँसम्म पूँजी भएको उद्योगले १२ हजार १ सय, १ करोड रुपैयाँसम्म पूँजी भएको उद्योगले २० हजार १ सय, ५ करोड रुपैयाँसम्म पूँजी भएको उद्योगले ३० हजार १ सय र ५ करोड रुपैयाँभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार १ सय १० दर्ताबापत शुल्क बुझाउनुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्