Shikhar Insurance

७ अंकले घट्यो नेप्से, नेपाल रिइन्स्योरेन्सको ११ करोडभन्दा बढी कारोबार

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १५:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्उ अंकले घटेर बन्द्य भएको छ । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार ७६.६४ अंक बढेको नेप्से बुधबार भने सामान्य अंकको गिरावट आएको हो ।

बुधबार नेप्से परिसूचक ७.१३ अंक घटेर २,१७०.२१ को विन्दुमा बन्द भएको हो । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.८७ अंक घटेर ४१४ को विन्दुमा बन्द भएको छ । भने फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार दिनभरीमा २५७ कम्पनीको १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन अर्थात मंगलबार नेप्से ७६.६४ अंक बढ्दा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

बुधबार कारोबारमा आएको ६७ कम्पनीको सेयर मूल्य बढेको छ । १४२ कम्पनीको घटेको छ । भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार बुधबार तेह्थुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ३.३२ प्रतिशतले बढेको छ । भने, आदर्श लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ५.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । इन्स्योरेन्सको ११ करोड २८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरी, अपी पावर कम्पनीको १० करोड २१ लाख र न्यादी ग्रुप पावरको ८ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.५० प्रतिशत बढेको छ। घटेका १२ उपसमूहमध्ये यस दिन वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्