Shikhar Insurance

विकसित देशका कसिलो मौद्रिक नीतिले नेपालकाे अर्थतन्त्रको गतिलाई सुस्त बनायोः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १७:१३
NIMB
Nabil Bank

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेले विकसित देशका कसिलो मौद्रिक नीतिले नेपालको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको बताएका छन् । अर्थमन्त्री पौडेलले न्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरसँग सो बताएका हुन् ।

अर्थ मन्त्रालयमा बुधबार सम्पन्न भेटमा उनीहरुका बीचमा नेपाल–अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो । छलफलमा अर्थ मन्त्री पौडेलले विकसित देशहरुले अपनाएको कसिलो मौद्रिक नीतिले नेपाल जस्ता कम विकसित देशको अर्थतन्त्रको गतिलाई सुस्त बनाएको बताएका थिए । उनले विश्वको साझा समस्याको रुपमा रहेको जलवायु परिवर्तनका असरले थप बोझ थपेको बारे पनि प्रशासक पावरलाई जानकारी गराए ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री पौडेलले नेपालले सन् १९५१ मा ‘प्वाइन्ट फोर प्रोग्रम’मा हस्ताक्षर गरेपछि पहिलो पटक वैदेशिक सहायता प्राप्त गरेको र हालसम्म आइपुग्दा दुई देशबीचको विकास साझेदारीले नयाँ उचाइ प्राप्त गरेको बताए।

नेपालको सार्वजनिक वित्त प्रणालीलाई विश्वास गरेर सिधैँ सरकारको कोषमा सहायता प्रदान गर्ने अमेरिकी सरकारको नीति सकारात्मक रहेको अर्थमन्त्री पौडेलले सो अवसरमा व्यक्त गरेका थिए । नेपालले सन् २०२२ को मे महिनामा युएसएआईडीसँग द्विपक्षीय सहायता सम्झौतामा हस्ताक्षर गरेपछि आगामी पाँच वर्षमा कूल ६५ करोड ९० लाख अमेरिकी बराबरको अनुदान सहायता नेपालको बजेट प्रणालीमार्फत उपयोग गरिने उनको भनाइ छ ।

सो अवसरमा प्रशासक पावरले अमेरिकासँग नेपालमात्र सरकार–सरकार (जी–टु–जी) तवरबाट सहायता प्राप्त गर्ने मुलुक रहेको जनाउँदै द्विपक्षीय सहयोग र सहकार्य जारी रहने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्