Shikhar Insurance

एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किरातीलाई चेम्बरको सुझाव

सिंहदरबार संवाददाता
२०७९ माघ २५, बुधबार १९:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्र्रह गरेको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।

मन्त्री किरातीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष मल्लले भन्नुभयो, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवाश्यक छ, ।’ मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधी बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालका महत्वपुर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुुपति, लुम्बिनी, लगायतका क्षेत्रकाे अन्तराष्ट्रिय स्तरमै प्रर्वद्धन गर्न आवश्यक रहेको उनले बताए । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थललाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कुटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किराती समक्ष आग्रह गरे । साथै, नेपाल वायुसेवा निगम र अन्तराष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाईन्सको जहाज थप गर्ने प्रक्रीया अविलम्व शुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्