Shikhar Insurance

हजारका नोट छाप्ने जिम्मा भारतीयलाई दिएको राष्ट्र बैंकले २० को नोट छाप्ने जिम्मा चिनियाँलाई दियो

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १, सोमबार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिन लागेको हो ।

बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम दरमा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव गरेको चिनियाँ कम्पनीले उक्त नोट छाप्ने जिम्मा पाएको हो । राष्ट्र बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अर्थात् ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने गरि चिनियाँ कम्पनीलाई ठेक्का दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अघि, नेपाल राष्ट्र बैंकले मंसिरमा एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको थियो ।  राष्ट्र बैंकले एक हजार दरका नोट छाप्ने जिम्मा भारतीय कम्पनी भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई दिएको थियो ।

सो कम्पनीले एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम गर्नेछ । त्यसका लागि कम्पनीले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर अर्थात एक अर्ब ४५ करोड ८६ लाख २० हजार बराबर कबोलेको थियो ।

नेपालको नोट छाप्न पछिल्लो समय भारत र चिनियाँ कम्पनीहरुबीच तिब्र प्रतिष्पर्धा हुँदै आएको छ । दुबै देशका सरकारहरु संलग्न रहेका कम्पनीहरुले नेपाली नोट छाप्ने प्रतिष्पर्धामा भाग लिँदै आएका छन् । छिमेकी देशको नोट छाप्ने प्रतिष्पर्धालाई उनीहरुले रणनीतिक महत्वका साथ लिने गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्