Shikhar Insurance

बैंकर्स संघका अध्यक्षलाई प्रश्न- हतकडी र कालोमोसो गेटैमा कुरिरहेका छन्, डर लाग्दैन् ?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १६:५९
NIMB
Nabil Bank

काठमाडौं ।  यतिबेला बैंक तथा वित्तिय संस्थाहरु विरुद्ध नकारात्मक भावना वृद्धि भैरहेको छ । देशका प्रमुख ठूला शहरहरुमा बैंकहरु विरुद्ध व्यवसायीहरुले प्रर्दशन र नाराबाजी समेत गरिसकेका छन् । उद्योगी व्यवसायीका छाता संगठनहरु नै बैंकको ब्याजदरबारे उत्तेजक अभिव्यक्ति दिईरहेका छन् । बैंकहरुले आर्जन गरेको नाफामाथि सबैले छड्ने नजर लगाईरहेका छन् । अर्का तिर भने बैंकका लगानीकर्ताहरु आफ्नो लगानी अनुसारको प्रतिफल नपाएको भन्दै गुनासो गरिरहेका छन् ।

बैंकरको प्राथमिकतामा को हुन् ? ४ करोड ७० लाख निक्षेप खाताका धनी, करिब १८ लाख ऋणी की बैंकका लगानीकर्ता ? यीनै प्रश्नहरुको सेरोफोरोमा रहेर सिंहदरबार डटकमले बैंकर्स संघका अध्यक्ष सुनिल केसीसँग कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीको सार ।

Citizen Life
Kumar Bank
Nepal Life

–देशको अर्थतन्त्रमा योगदान दिनु, यति राम्रोसँग काम गर्नु नै गाली खानुपर्ने कारण हो र ? कुल गार्हस्थ उत्पादन भन्दा धेरै पुँजी संकलन गरेर ऋण लगानी गरेका छौं, त्यो नै हाम्रो गल्ति हो र ?

–संसारभर ब्याजदर बढिरहेको छ, महंगी बढिरहेको छ । अमेरिका र भारतमा पनि ब्याजदर बढेकै छ ।

–बैंकहरुले ६ महिनामा ३० अर्ब नाफा कमाएका छन्, त्यो गत वर्ष भन्दा कम हो । अब त्यति नै कमाउँदा पनि ६० अर्ब रुपैयाँ पुग्छ । यति नाफा कमाउने बैंकहरुमा ६ खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढी त पुँजी लगानी नै छ । ६५० अर्ब पुँजी लगानी गरेर ६०/६५ अर्ब नाफा कमाउँदा रिटर्न जम्मा १० प्रतिशत मात्रै हुन्छ । त्यो नाफा धेरै होइन् ।

–नेपालमा केहि कम्पनीहरुको नाफा ६० प्रतिशत भन्दा धेरै बढेको देखिन्छ, उनीहरुको लाभांश पनि १२६० रुपैयाँ प्रति सेयर दिएको देखिन्छ । आरओई ५० देखि ६० को हाराहारीमा रहेको छ ।

–नेपालको बैंकिङ क्षेत्रले आफुलाई अप्ठेरोमा पारेर बिजेश र आर्थिक क्षेत्रलाई अघि बढाउन ठूलो योगदान दिईरहेको छ ।

–नेपालको बैंकिङ क्षेत्रले संयमित भूमिका खेलेकाले नेपाल श्रीलंका, पाकिस्तान बन्नबाट जोगिएको हो ।

–निक्षेपको ब्याजदरको तुलनामा ऋणको ब्याजदर बढेको छैन् । राष्ट्र बैंकको निर्देशन अनुसार २ करोडसम्मका साना ऋणीहरुलाई बेस रेटमा २ प्रतिशत मात्रै प्रिमियम थपेर ऋण दिईरहेका छौं ।

–ऋण लिने उद्यमी व्यवसायीहरुमा बिजनेशको ज्ञान वृद्धि गरिनुपर्छ, त्यसका लागि सरकार–निजी क्षेत्रले संयुक्त प्रयास गर्नुपर्छ ।

–बैंकिङ क्षेत्रले रियल इकोनोमीमा सपोर्ट गर्नुपर्छ, पर्यटन, उर्जा र कृषिका क्षेत्रमा बिशेष महत्व दिनुपर्छ । त्यसले अर्थतन्त्रलाई दिगो विकासको बाटोमा अघि बढाउँछ ।

–देशको रेटिङ नहुँदा पनि बैंकहरु राम्रा छन् भनेर हामीले विदेशी ऋण ल्याईरहेका छौं ।

–बैंकहरुले बोकेको जोखिम र पुँजी लगानीका हिसाबले १५ प्रतिशत रिटर्न ‘रिजनेबल’ हुन्छ ।

–बैंकिङ कसुरका नाममा बैंकका सीईओहरुलाई पक्राउ गरिनु दुर्भाग्यपूर्ण घट्ना हो । त्यस्तो ऐन तत्कालै संसोधन हुनुपर्छ । फिल्ड अफिसरले गरेको गल्तिमा सीईओहरुलाई हतकडी लगाइनु हुन्न ।

–समस्याहरुको समाधान सडकमा खोजिन थाल्यो भने झनै समस्याहरु आउँछन् ।

विस्तृत अन्तरवार्ता हेर्न युट्युबमा जानुहोस् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्