Shikhar Insurance

बार्षिकोत्सवमा सिंहदरबारलाई यथेष्ठ शुभकामना, कसले के-के भने ?

(भिडियाेमा)
सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ७, आईतवार १०:२७
NIMB
Nabil Bank

काठमाडौं । सिंहदरबार डटकमलाई बार्षिकोत्सवको अवसरमा थुप्रै शुभकामना सन्देशहरु प्राप्त भएका छन् । दुई बर्ष अघि फागुन ७ गतेदेखि सुरु भएको सिंहदरबार डटकमलाई दुई बर्से यात्रा सफलतापूर्वक पार गरेको भन्दै आर्थिक जगतका नियामकदेखि व्यवसायीक घरानाका उच्च पदस्थहरुले शुभाकमना दिएका हुन् । सिंहदरबारलाई पुँजी बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, बीमा क्षेत्रको सर्वाेच्च नियामक निकाय नेपाल बीमा प्राधिकरण, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भिडियो शुभकामना सन्देश दिँदै थप सफलताको कामना गरे ।

त्यस्तै, बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल, बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा र महालक्ष्मी लाइफका सिईओ रमेश कुमार भट्टराईले पनि भिडियो सन्देश मार्फत शुभकामना तथा थप सफलताको कामना गरेका छन् । उनीहरुले आर्थिक अनलाइनहरुमा सिंहदरबारले छुट्टै पहिचान बनाईसकेको र आफु पनि नियमित पाठक भएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कसले के भने ?

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भनेका छन्–‘यो २ वर्षको अवधिमा सिंहदरबार डटकमले विषेश गरी धितोपत्र बजारको दायरका विषयहरुमा प्रष्ट्याई सहित सन्तुलित सन्तुलित सुचना प्रवाह गर्ने गरेको छ । धितोपत्र बजार सम्बन्धि निष्पक्ष र तथ्यपकर समचार सम्प्रेषण गर्दा नियमकारी निकायलाईए नीति निर्माणमा थप सहयोग पुगेको हुँदा नारायण जी सिंहदरबार डटकमका सम्पुर्ण टिमलाई आभार प्रकट गर्न चाहन्छु ।’’

नेपाल प्रधिकरणका अध्यक्ष सुर्य सिलवालले भने–‘सिंहदरबार डटकमले दोस्रो कार्यकाल पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा बधाई तथा शुभकामना । नेपालमा धेरै अनलाइन मिडियाहरु सञ्चालनमा आइसकेका छन् । तर, सिंहदरबार डटकमले आर्थिक क्षेत्रको लेखनमा निष्पक्ष भएर आफ्नो छुट्टै पहिचान बनाएको छ । सिंहदरबारको हरेक समचारमा मिडियाको निष्पक्षयता झल्किएको हुन्छ । त्यसकारण पनि यसको म नियमति पाठक हुँ । सत्यथत्यमा आधारित भएर सिंहदरबारले आफ्ना लेखनहरुलाई थप परिष्कृत बनाउँदै तथ्य परक तथा विश्लेषणत्मक आफ्ना पाठकहरु माझ पस्किँदै जावोस् भन्ने शुभकामना सिंहदरबार टिमलाई बीमा प्राधिकरणको अध्यक्षको हिसाबले सम्पुर्ण बीमा क्षेत्रको तर्फबाट दिन चाहन्छु ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले भनेका छन्–‘मुलुकको अर्थतन्त्र सुधारोउन्मुख बनाउनको लागि सिंहदरबार डटकमको समचारले धेरै महत्वपूर्ण भुमिका खेलेको छ, तस्रो वर्षमा प्रवेश गर्दा छोटो समयमै अनलाइन मिडियाहरुमा सबैभन्दा बढी ख्याति कमाउन सफल भएकोमा नेपाल चेम्बर अफ कर्मसको तर्फबाट सिंहदबार डटकमका सम्पादक र सम्पुर्ण टिमलाई बधाइ तथा शुभकामना दिन चाहन्छु । ’

बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भनेका छन्–‘सिंहदरबार डटकमले २ वर्षे यात्रा सफलता पुर्वक पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ, यो अवसरमा सिंहदरबार टिमलाई नेपाल बैंकर्स एसोसिएशनकोतर्फबाट हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु । २ वर्षको अवधिमा सिंहदरबारले नेपालको बैंकिङ क्षेत्रको सँगै सम्पुर्ण आर्थिक क्षेत्रको विकासको लागि पहल कदमी तथा योगदानको लागि सम्पुर्ण बैंकिङ क्षेत्रकोतर्फबाट धन्यवाद दिन चाहन्छौं ।’

बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्रीले भने–‘सिंहदरबार डटकमले २ वर्ष पुरा गरेकामा नारायण जी र उहाँको टिमलाई म लगायत सम्पुर्ण बीमा क्षेत्रको तर्फबाट धेरै–धेरै शुभकामना, सानो समयमै सिंहदरबार टिमले गरेकोे आर्थिक पत्रकारीताले धेरै उचाइ लिएको छ आगामी दिनमा पनि सिंहदरबारले आर्थिक जगतलाई चलायमान बनाउन सहयोग पुग्ने समचार सम्प्रेषण गरी सहयोग गर्नु हुनेछ ।’

बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले भने– ‘अनगिन्ती आर्थिक अनलाइनहरुमध्ये सिंहदरबारले यो दुई बर्से यात्राका दौरान आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको छ । यो मिडियाले बैंक तथा वित्तीय क्षेत्रमा उठेका विषयहरुलाई विश्लेषणात्कम तबरले प्रस्तुत गर्दै आएको छ । सत्य र तथ्यलाई सन्तुलित हिसाबले प्रस्तुत गर्ने सिंहदरबार डटकमको म पनि एउटा नियमित पाठक हुँ । सिंहदरबारको लेखले मलाई मरो कार्य क्षेत्रमा अझ परिष्कृत हुन सहयोग गरिरहेको छ । देशको आर्थिक उन्नतिमा सवल सक्षम तबरले समचार सम्प्रेषण गर्ने विषयमा सिंहदरबार डटकम टिम जसरी अघि बढिरहेको छ, भविष्यमा यसले निरन्तरता पावोस् भन्ने कामना सहित सम्पुर्ण टिमलाई प्रगतिको शुभकामना ।’

जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफका सिईओ पोषक राज पौडेलले भने–‘नेपालको आर्थिक क्षेत्रमा सिंहदरबार डटकमले विगत २ वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका लागि सम्पुर्ण जीवन बीमा क्षेत्र र सिटिजन लाइफको तर्फबाट धन्यवाद दिन चाहन्छौं, तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा धेरै धेरै शुभकामना, आगामी दिनमा जीवन बीमक संघ र सिटिजन लाइफको सदैब साथ सहयोग हुनेछ भन्ने विस्वास दिलाउन चाहन्छु । भविष्यमा सिंहदरबार डटकम अन्य अनलाईन मिडियाहरुको लागि पनि मार्गदर्शको रुपमा अगाडि बढोस् बढ्नु पर्छ ।’

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले भने–‘वृहत्तर आर्थिक पक्षलाई समेटेर सुरु भएको सिंहदरबार डटकमले दुई वर्ष पुरा गरि तेश्रो बर्ष प्रवेश गरेको अवसरमा सम्पुर्ण टिमलाई व्यक्ति तथा महालक्ष्मी लाइफ इन्सयोरेन्सको तर्फबाट हार्दिक बधाई र शुभकामना दिन चाहान्छु । बजारमा बग्रेल्ती खुलेका आर्थिक अनलाइनहरुमध्ये सिंहदरबारले यो दुई बर्र्षेे यात्राका दौरान आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेको छ । सत्य र तथ्यलाई सन्तुलित हिसाबले प्रस्तुत गर्ने सिंहदरबार डटकमको म पनि एउटा नियमित पाठक हुँ । सिंहदरबार डटकममा प्रकाशित समचार तथा लेखहरु लघुवित्त क्षेको प्रवद्र्धन गर्नमा सहयोगी भुमिका निर्वाह गरेको लघुवित्त क्षेत्रका पाठकहरुले महशुस गरेका छौं । सिंहदबार डटकमका सम्पादक नारायण जी र सम्पुर्ण टिमलाई सम्पुर्ण लघुवित्त संस्थाहरुको तर्फबाट आगामी दिनमा सफलताको शुभकामना दिन चाहन्छौं ।’

महालक्ष्मी लाइफका सिईओ रमेश कुमार भट्टराईले भने-‘पछिल्लो चरणमा आएका अनलाइन मिडियाहरुमध्येमा सिंहदरबार डटकमले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । पालो आर्थिक वर्षको स्लोगन दिएर सिंहदरबारले २ वर्षभित्र प्रकाशन गरेको समाचार अन्य अनलाइन मिडियाको भन्दा फरक छ । सिंहदरबारले वास्तविकता र यथार्थ दृष्टिकोणलाई लिएर अगाडि बढिरहेको हुन्छ । त्यसकारणले पनि म सिंहदरबारको नियमित पाठकसँगै शुभचिन्तक पनि हुँ ।

GBIME

प्रतिक्रिया दिनुहोस्