Shikhar Insurance

पुँजी बजारबारे अर्थमन्त्री ‘कन्भिन्स’, ४/१२ र जोखिम भारित औषत केहि दिनमै संसोधन हुने

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजारमा देखिएका समस्या समाधान गर्न अर्थमन्त्री बिष्णु प्रसाद पौडेल कन्भिन्स भएका छन् । सेयर धितो कर्जाको ४/१२ सम्बन्धी नियम संसोधन र जोखिम भारित औषत घटाउन अर्थमन्त्री पौडेल कन्भिन्स भएका हुन् ।
मन्त्री पौडेलसँग भेट गरेर लामै छलफल गरेका एक लगानी कर्ताका अनुसार अर्थमन्त्रीले केहि दिनभित्रै बजार विकासको बाधक जस्तै देखिएका यी व्यवस्थाहरु परिमार्जन गर्ने आश्वासन दिएका छन् ।
स्रोतका अनुसार अब सेयर धितो कर्जा सम्बन्धी अहिलेको व्यवस्थामा केहि संसोधन हुनेछ ।

अहिले सेयर धितोमा ४/१२ करोडको नीति लागु छ । अब भने संस्थागत लगानीकर्ताका हकमा ४/१२ करोडको नीति हट्नेछ । त्यस्तै, सेयर धितो कर्जाको भारित औषत जोखिम पनि घट्नेछ । हाल सेयर धितो कर्जाको ऋणको भारित औषत जोखिम १५० प्रतिशत रहेको छ । अर्थात बैंकहरुले एक सय रुपैयाँ सेयर धितोमा ऋण दिँदा त्यसको जोखिमका लागि १५० रुपैयाँ छुट्टै राख्नुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर अब भने त्यस्तो व्यवस्थामा केहि खुकुलोपन आउनेछ । ‘अर्थमन्त्रीज्यू सेयर बजारको वर्तमान अवस्थाबारे चिन्तित हुनुभएको देखेँ, उहाँले बजारका जायज मागहरु सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’, एक लगानीकर्ताले भने ।
स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्कालै बोलाएर बजारको दिगो विकासका अवरोधक नीतिहरु परिमार्जनका लागि निर्देशन दिने बचन पनि मन्त्रीले दिएका छन् ।

अर्थमन्त्री पौडेलले राजश्वमा सेयर बजारले पुर्याएको योगदानको कदर गर्दै यसलाई अर्थतन्त्रको ऐना बनाउन र राजश्व संकलनका लागि उपयुक्त माध्यमका रुपमा विकास गर्नुपर्ने आवश्यकता आफुले महशुस गरेको विचार पनि राखेका थिए । सेयर बजार निरन्तर ओरालो लाग्दा ५५ लाख भन्दा बढी लगानीकर्ताहरुको मनोबल गिर्ने र त्यसले राष्ट्रिय मनोबलमै प्रभाव पार्ने तर्फ सचेत हुनुपर्नेमा मन्त्रीको जोड थियो । मन्त्री पौडेलले सेयर बजार निरन्तर बढ्ने र निरन्तर घट्ने दुबै प्रक्रिया बजारका लागि ठिक नहुने पनि बताएका थिए ।

मन्त्री पौडेलले बजारलाई आफ्नो नियमित गतिमा अघि बढ्न दिनुपर्नेमा पनि जोड दिएको स्रोत बताउँछ । ‘बजार निरन्तर बढ्ने वा निरन्तर घट्ने दुबै कुरा ठिक होइनन्, यसलाई आफ्नो गतिमा अघि बढ्न दिनुपर्छ’, मन्त्री पौडेलको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्