कृषि विकास बैंकका नव नियुक्त अध्यक्षलाई गभर्नरको खादा, लिए सपथ

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १०:३३

काठमाडौं । कृषि बिकास बैंकका संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष पुडासैनीलाई सपथ ग्रहण गराएका हुन् ।

निजामति सेवामा लामो अवधीसम्म कार्यरत रहि राजश्व सचिवबाट अनिवार्य अवकास प्राप्त पुडासैनीसंग आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव ण् छ । सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका संचालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरांगाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल समेतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्