Shikhar Insurance

मेस्सीले जिते फिफा सर्वश्रेष्ठ खेलाडीको अवार्ड

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार ०९:४४
NIMB
Nabil Bank

काठमाडौं । अर्जेन्टिनालाई विश्वकप विजेता बनाएका फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । मेस्सीले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै फिफाको सर्वाेत्कृष्ठ खेलाडी अवार्ड हात पारेका हुन् ।

३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जिते । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्