Shikhar Insurance

सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा नेपाल भित्रिए, यस्ता छन् मूल्य र फिचरहरु

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार १५:५७
NIMB
Nabil Bank

काठमाडौं । सुजुकीको दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि सुजुकी ब्राण्डको चार पाङग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प र सीजी नेक्स्टजेनले सुजुकीका नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएका हुन् ।

‘द ग्राण्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ । सुजुकीको लेजेण्डरी अल–ग्रीप टेक्नोलोजीले यो एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फ्युल हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी पर्दथ्यो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट–जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीको दावी छ ।

नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन् । निकै प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ ।

सीजी होल्डिङसका कार्यकारी निर्देशक करण चौधरीले नयाँ सेगमेन्ट सार्वजनिक समारोहमा भने–‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ । यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसन्स हुन जसको लागि एसयूभी उचित हुन्छ । साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन । सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा गेम चेञ्जर हुनेछ ।’

सीजी होल्डिङसका अध्यक्ष करण चौधरीले नेपालमा सुजुकीका नयाँ सेगमेन्टका उत्पादन आएको र परिस्कृत नयाँ सेगमेन्टका कारहरुले नेपाली उपभोक्ताको मन जित्ने अपेक्षा व्यक्त गरे ।

यी गाडीका लागि एक महिना अघिदेखि प्रि–बुकिङ पनि खुल्ला गरिएको थियो

नयाँ ग्राण्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध भएका छन् भने १९ सय ९७ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्राण्ड भिटारामा २६ सय एमएम ह्विलबेस तथा १७ इन्चको टायर रहेको छ ।

प्रवन्ध निर्देशक चौधरीले भने–‘आयातमा कठिनाई हुँदा पनि व्यवसायीलाई गाडी ल्याउनैपर्ने बाध्यता हुन्छ । अहिले हामीले धेरैपछि एक ठाउँमा जम्मा भएर गाडी लन्च गर्ने मौका पाएका छौं । बजारमा आयात प्रतिबन्ध लगाए पनि व्यवसायीहरुलाई गाडी आयात गर्नुपर्ने बाध्यता थियो ।’

कम्पनीका अनुसार नयाँ ग्राण्ड भिटारा गाडीहरुको मल्य ६० लाख ९९ हजारदेखि ८८ लाख २९ हजार रुपैयाँ छ भने ब्रेजा स्मार्ट हाईब्रिड गाडीहरुको मूल्य ४१ लाख ९९ हजार रुपियाँदेखि ५६ लाख २९ हजार रुपियाँसम्म तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्