Shikhar Insurance

सिमेन्ट छाडेर स्टिलको आईपीओ ल्याउँदै बिष्णु न्यौपाने, मूल्य एक सय मात्रै ?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २६, शुक्रबार १६:२१
NIMB
Nabil Bank

काठमाडौं । सौरभ ग्रुपका अध्यक्ष बिष्णु न्यौपानेले बुक बिल्डिङ प्रणालीबाट सर्वाेत्तम सिमेन्टको आईपीओ ल्याउने प्रक्रिया विवादमा परेर पनि टुंगो लाग्न नसकेपछि अब सर्वोत्तम स्टिल लिमिटेडको आईपीओ ल्याउने तयारी गरेका छन् ।
न्यौपानेले अब सर्वाेत्तम स्टिल लिमिटेडको आईपीओ ल्याउने भन्दै प्रक्रिया अघि बढाएका हुन् । कम्पनीले आफ्नो जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर आईपीओका रुपमा निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

सौरभ गु्रपद्धारा संचालित सर्वोत्तम स्टिल लिमिटेडले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्