Shikhar Insurance

चर्काे ब्याजदर वृद्धि थेग्न नसकेर अमेरिकाको सिलिकन भ्याली बैंक ४४ घण्टामै टाट पल्टियो

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २७, शनिबार १४:०६
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । पछिल्लो ४४ घण्टामै बैंक टाट पल्टिएको हो । प्रबिधि क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई लगानी गर्दै आईरहेको सिलिकन भ्याली टाट पल्टिएपछि अमेरिकी अर्थतन्त्रमा सन २००८ सालपछिकै अर्काे गम्भिर आर्थिक संकट आईलागेको संकेतका रुपमा लिईएको छ ।

अमेरिकाको भेञ्चर क्यापिटलमा आधारित कम्पनीहरुले सन २०२१ मा ३३० बिलियन डलर उठाएका थिए, जुन अघिल्लो बर्षको भन्दा करिब डबल वृद्धि थियो । फेडेरल रिभर्ज बैंकले ब्याजदर घटाएर न्युन बिन्दुमा पुर्याउने निर्णय गरका बेला सिलिकन भ्यालीले ठूलो रकम उठाएको थियो । तर फेडले एकै पटक आक्रामक रुपले ब्याजदर बढाउने नीति अख्तियार गरेपछि सिलिकन भ्यालीमा संकट देखा परेको हो । न्युन ब्याजदर अवधीमा बैंकले बिना गतिलो अध्ययन दशौं बिलियन डलर रकम भेञ्चर क्यापिटलहरुबाट उठाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सिलिकन भ्याली बैंक टाट पल्टिनुको मुख्य कारण फेडेरल रिजर्भको आक्रामक ब्याज दर वृद्धि नै भएको बताइन्छ । जब ब्याज दर शून्यको नजिक थियो, बैंकले लामो अवधिको कम जोखिमयुक्त भन्दै ट्रेजरी बिल र बन्डमा लगानी थुपारेको थियो तर चर्किएको महंगीसँग लड्न फेडले ब्याज दर बढाउँदै गर्दा ती ट्रेजरी बिलहरूको मूल्य घट्न गयो । बैंकले स्वभाविक घाटा बेहोर्न बाध्य भएको बताइन्छ ।

बैंकको निक्षेप सन २०१८ को ४९ अर्ब डलरबाट २०२० को अन्त्यमा दोब्बर भएर १०२ अर्ब डलर पुगेको थियो । एक वर्षपछि २०२१ मा स्टार्टअप र टेक्नोलोजी कम्पनीहरूले महामारीको समयमा धेरै नाफा कमाएका कारण बैंकको निक्षेप १८९.२ अर्ब डलर पुगेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्