Shikhar Insurance

सरकारी ढुकुटी २९ अर्ब ६४ करोडले घाटामा

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता  २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा सरकारले १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्