Shikhar Insurance

०.२५ प्रतिशतले घटाए विकास बैंकहरुले निक्षेपको ब्याजदर, कर्जाको दर स्वतः घट्दै

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २९, सोमबार १४:२५
NIMB
Nabil Bank

काठमाडौं । विकास बैंकहरुले निक्षेपको ब्याजदर ०.२५ प्रतिशतसम्मले घटाएका छन् । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसियसनको सोमबार बसेको बैठकले चैत १ गतेदेखि ब्याजदर घटाउने निर्णय गरेको हो ।

हालसम्म विकास बैंकहरुले मुद्दति निक्षेपमा अधिकतम ११.७५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । जसलाई चैत १ गतेदेखि ०.२५ प्रतिशतसम्म घटाएर लागू गरिने निर्णय गरिएको संघका अध्यक्ष प्रधुम्न पोखरेलले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘व्यक्तिगत मुद्दतीमा १ बर्ष वा सोभन्दा माथिमा ०.१५ प्रतिशत र १ वर्षभन्दा तलका व्यक्तिगत मुद्दतीमा ०.२५ प्रतिशतले घटाउने निर्णय गरेका हौं,’संघका अध्यक्ष पोखरेलले सिंहदरबारसँग भने, ‘निक्षेपको ब्याजदर घटाएपछि कर्जाको ब्याजदर स्वत घट्ने अपेक्षा गरेका छौं । कर्जाको ब्याजदर घटाउनै निक्षेपको खर्च घटाइएको हो ।’

राष्ट्र बैंकको निक्षेपन अनुसार विकास बैंकहरुले आगामी चैत मसान्तदेखि स्प्रेडदर ४.८० प्रतिशतक ायम गरिसक्नु पर्ने छ । सोही कारणले गर्दा विकास बैंकहरुले प्रिमियमदर समेत घटाइरहेको अध्यक्ष पोखरेलले बताए ।

‘५ प्रतिशतको स्प्ैडलाई ४.८० प्रतिशतमा झार्नु पर्ने समय आइसक्यो, त्यही भएर प्रिमियम पनि घटाइरहेका छौं,’ उनले भने, ‘व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउँदा चैतदेखि संस्थागतको समेत २ प्रतिशतले घट्छ भने, साधारण बचतको पनि ०.१५ प्रतिशतले घट्छ ।’

कर्जाको ब्याजदर बढी हुँदा कर्जाको माग घटेको र बजारमा सहज हुँदै गएपछि कर्जाको ब्याजदर घटाएर घटाउँनै भएपनि निक्षेपको ब्याजदर घटाइएको उनको भनाइ छ ।

राष्ट्र बैंकले निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजमा ५ प्रतिशतको स्प्रेड कायम गरी साधारण बचतको ब्याजदर निर्धारण गर्नु पर्छ भने, संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगत निक्षेपमा भन्दा २ प्रतिशत कम तोक्नु पर्छ ।

यसकारण चैत १ गतेदेखि विकास बैंकहरुले संस्थागत मुद्दतीतर्फ १ वर्ष वा सोभन्दा माथिको लाई ९.६० प्रतिशत र १ वर्षभन्दा कमलाई ९.५० प्रतिशत ब्याज दिने छन् । साथै साधारण बचतमा ६.६० प्रतिशतसम्म ब्याजदर दिने संघका अध्यक्ष पोखरेलले जानकारी दिए । फागुनसम्म विकास बैंकहरुले साधारण बचतमा ६.७५ प्रतिशतसम्म ब्याजदर दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्