Shikhar Insurance

‘५ वर्षपछि बीमा कम्पनीहरुको पूँजी फेरि बढाइन्छ, तयारी गर्दै गर्नुस्’–प्राधिकरण अध्यक्ष

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २९, सोमबार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले आगामी ५ वर्षपछि बीमा कम्पनीहरुको पुनः पूँजी वृद्धि गराइने बताएका छन् । प्राधिकरणका अध्यक्ष सिलवालले सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा सो बताएका हुन् ।

गत आवको चैत १० गते जीवन बीमा कम्पनीहरुको पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको पूँजी २ अर्ब ५० करोड रुपैयाँ २०७९ चैत मसान्तसम्म कायम गरिसक्नु पर्ने व्यवस्था गरेको थियो । सो अघिसम्म २ अर्ब रुपैयाँ जीवन बीमा कम्पनीहरुको र निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम पूँजी १ अर्ब रुपैयाँ तोकिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले १ बर्षको समय दिँदै कम्पनीहरुलाई हक प्रदको बाटो रोकी मर्जर तथा प्राप्तीमार्फत् नै तोकिएको पूँजी कायम गर्न भनेको थियो । सोहीअनुसार अधिकांश कम्पनीहरुले तोकिएको पूँजी कायम गर्न कसरत गरिरहेको छन् ।

प्राधिकरणले तोकेको पूँजी कायम गर्न तत्कालिन सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले आपसमा मर्जरको बाटो रोजेर प्रकृया सम्पन्न गरी फागुन २९ गते (आज) देखि औपचारीका रुपमा एकीकृत कारोबार शुरु गरेका हुन् । सोही एकीकृत कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्ष सिलवालले अहिलेको पूँजी समयको माग अनुसार भविष्यमा अपुग हुने बताएका हुन् । जसकारण आगामी ५ वर्षमा पुनः कम्पनीहरुको पूँजी समयको माग अनुसार थप गराइने बताए ।

‘मर्जर पछि सशक्त कम्पनी खडा भएको छ । यो फोर्स फूल मर्जर भयो, पूँजी पुर्याउन एक बर्ष दिएर फोर्स गरेका थियौं । तपाईंहरुले मर्जर गर्नुभयो । अब थप सशक्त बन्नुस । बिजनेसमा सिनर्जी आउँछ । परिवारहरु टुक्रिएका बेला दुई परिवार एक हुनु सारै राम्रो हो । यो पूँजी वृद्धि समयको माग हो । यो पूँजीले आगामी पाँच बर्ष मात्रै धान्छ । त्यसपछि फेरि पूँजी वृद्धि गर्नु पर्ने हुन्छ ।’–कार्यक्रममा अध्यक्ष सिलवालले भने ।

प्राधिकरणको निर्देशनले मात्रै कम्पनीहरु बाध्य भएर मर्जरमा सहभागि भएको भन्दै अध्यक्ष सिलवालले स्वस्फुर्त मर्जरमा कम्पनीहरु जानु पर्ने आवश्यकता औंल्याएका थिए ।

‘हामीले भनेको मान्नुपर्ने बाध्यतामा कपनीहरु छन् । त्यसो भन्दैमा अध्ययन बिना जे पनि गर्नु भन्दैनौं, हामीले आवश्यकता अनुसारको नीति लिएका हौँ ।आफुलाई नम्बर एक बनाईराख्नोस । यो हलमा इन्स्योरेन्स कम बुझेको मान्छे मै हो । नीति अनुसार काम गरेको हो,’ उनले भने ।

मर्जरको नाम पूँजी र सम्पती जोड्ने मात्र नभएर २ कम्पनीको संचालक र कर्मचारीहरुसँगै उनीहरुको मन जोडिनु पर्ने हुँदा मर्जरको प्रकृयामै यस्ता बिषयको हेक्का राखिनु पर्ने उनले बताए ।

उनले मर्जर पछि बन्ने कम्पनीहरुले बीमा क्षेत्रमा रहेको समस्याहरुलाई नदोहोर्याएर व्यवसाय गर्न सुझाव दिए । ‘३० हजार दावीको भुक्तानी लिन पनि केन्द्रिय कार्यालय आउनु पर्ने बाध्यता छ । जति बढी दावी भुक्तानी दिएपछि मात्रै ब्यवसाय राम्रो हुन्छ ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्