Shikhar Insurance

एशियन लाइफ इन्स्योरेन्सद्वारा ८.९४ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार ११:३७
NIMB
Nabil Bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्न कुल ८.९४७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको फागुन ३० गते बिहान बसेको सञ्चालक समितिको १७९औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँको ८.९४७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । जसमध्य ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार ४४२ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँ नगद लााभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गर्न योग्य हुनेछ ।

उक्त प्रस्तावित  ८.५० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्