Shikhar Insurance

एकै दिनमा प्रतितोला १ हजार ६ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कति ?

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा साताको तेस्रो कारोबारको दिन सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपार सुनचाँदी व्यवसायी महासंघले सर्वजनिक गरेको विवतरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबारको दिन अर्थात सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात सोमबार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात सोमबार चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्