Shikhar Insurance

नेप्से सामान्य अंकको सुधार, कारोबार रकम १ अर्ब १३ करोड

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन ३०, मंगलवार १५:५८
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । कारोबारको सुरुदेखि नै निकै उतार चढाबका आएको सेयर बजार अन्त्यमा सामान्य सुधार देखिएको हो ।

मंगलबार नेपनल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.८५ अंकले बढेर १,९५३.०६ को विन्दुमा बन्द भएको छ । भने, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३६८.३२ को विन्दुरमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर १ अर्ब १३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से परिसूचक २४.६८ अंकले घट्दा १ अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचक सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ ।

नेप्सेका अनुसार कारोबारमा आएको १२६ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै शुभम पावरको ९.९८ प्रतिशत, सुपर मादी हाईड्रोपावरको ९.३२ प्रतिशत, बिन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको ७.२९ र खप्तड लघुवित्त वित्तीय संस्थाको ५.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

यसदिन कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १० करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नबिल बैंकको ३ करोड ४४ लाख, शिवम् सिमेन्टको ३ करोड १६ लाख, हिमालयन डिस्टिलरीको २ करोड ७७ लाख र हिमालयन बैंकको २ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । कारोबारमा विकास बैंक समूहको उपसूचक १२.८८, वित्त कम्पनी १६.१८, होटल १९.९५, जलविद्युत १८.९७, जीवन बीमा ६.८८, निर्जीबन बीमा ४७.६१, अन्य समूहको उपसूचक ६.२१ अंकले बढेको छ । यस्तै बैंकिङ समूहको ३.९४, उत्पादन तथा प्रशोधन समूहको २३.३८, माइक्रोफाइनान्स १४.४५, ट्रेडिङ समूहको उपसूचक ५०.३७ अंकले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्