Shikhar Insurance

नेपालका ठूला घरानाले भारतीय कामदार राखेकोमा गगन थापाको असन्तुष्टि

सिंहदरबार संवाददाता
२०७९ चैत्र १, बुधबार ०९:५२
NIMB
Nabil Bank

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् । “नेपालमा रोजगारी सिर्जना हुन्छ तर नेपालीले काम पाउँदैनन्, आज के कति कारणले नेपाली श्रमिकले काम पाएका छैनन् त्यसमा गम्भीर बहस हुनुपर्छ”, उनले भने ।

महामन्त्री थापाले आजको समस्या समाधान गर्न पनि बिपी कोइरालाले नै भनी दिएको हुनुपर्ने अवस्था पार्टीभित्र रहनु बिपीमाथि नै कांग्रेसले अन्याय गरेको हुने बताए । उनले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न ट्रेड युनियन कांग्रेसका पदाधिकारीलाई सचेत गराए । महामन्त्री थापाले बिपी कोइराला कांग्रेसका लागि मूल विचारधाराको स्रोत भए पनि आजको चुनौती हामी आफैँले समाधान गरेर अघि बढ्नुपर्ने बताए । पार्टीभित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको उनको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

महामन्त्री थापाले पार्टीभित्र आफूले केही वैचारिक छलफल चलाउन खोजेपनि त्यसमा पार्टीभित्रैबाट साथ नपाएको गुनासो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्