Shikhar Insurance

हेटौँडाको मुख्य बजार क्षेत्रका खम्बामा रहेका विद्युतीय तार भूमिगत गरिने

सिंहदरबार संवाददाता
२०७९ चैत्र १, बुधबार १४:२२
NIMB
Nabil Bank

बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले हेटौँडाको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्