Shikhar Insurance

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम भने केही सुधार

सिंहदरबार संवाददाता
२०७९ चैत्र १, बुधबार १५:३५
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार सामान्य अंकको सुधार देखिएको बजार बुधबार पूनः भने घटेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधबार १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा झरेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ इण्डेक्स १.२६ अंकले घटेर बन्द भएको हो ।

दिनभरीमा २५३ स्टकको २५ हजार ४९१ पटकको कारोबारमा १ अर्ब २० करोड २१ लाख रुपैयाँ बराबरको ३७ लाख १६ हजार कित्ता सेयर खरिदबिक्री भए । यस दिन नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर भएको थियो ।

बुधबार कारोबारमा आएको ५१ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार नेप्से परिसूचक घटेपनि दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यूनिक नेपाल लघुवित्तको सेयरमूल्य यस दिन १३२ रुपैयाँ ५० पैसा बढेर १ हजार ४५८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । भने शुभम पावरको ४२ रुपैयाँ ६० पैसा बढेर ४६९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। भने, किसान लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ५.९० प्रतिशत र बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२२ प्रतिशतले घटेको छ।

नेप्सेका अनुसार कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको १० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, सानिमा माइ हाइड्रोपावरको ७ करोड १६ लाख, नबील बैंकको ४ करोड २९ लाख, शिवम् सिमेन्टको ४ करोड १ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

बुधबार १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.५१ प्रतिशत बढेको छ। लघुवित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८६ प्रतिशत घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्