Shikhar Insurance

सम्पति सुद्धिकरणमा मुछियो सुर्यज्योति लाइफ, एकल बीमा लिएका बीमित पैसा फिर्ता माग्दै

सिंहदरबार संवाददाता
२०७९ चैत्र २, बिहीबार १२:३९
NIMB
Nabil Bank

काठमाडौं । जीवन बीमा कम्पनी तर्फ पहिलो सफल मर्जर गरेर एकिकृत कारोबार थालेको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी सम्पति सुद्धिकरणमा मुछिएको छ । प्रिमियम संकलनको अस्वस्थ प्रतिष्पर्धामा लागेको कम्पनीले सिंगल प्रिमियमका ठूला पोलिसीहरुमा अण्डर राइटिङमा कुनै ध्यान नदिएको तथ्य फेला परेको हो । त्यसो त कम्पनीका अभिकर्तामाथि पनि झुक्याउने तथा जबरजस्ति गरेर बीमा गराएको आरोप पनि लागेको छ ।

कम्पनीले एक करोड २२ लाख ८० हजार रुपैयाँ बीमांक सिंगल प्रिमियम पोलिसी बिक्रि गर्दा त्यस्तो रकमको स्रोतबारे कुनै सोधीखोजी नगरेको देखिएको हो । कम्पनीको ७०३ भक्तपुर शाखाबाट पुष्कर घिमिरेका नाममा सो पोलिसी जारी भएको छ । १५ वर्ष अवधीको ‘ज्योति एकल तथा सिमित अवधी सावधिक जीवन बीमालेख’का लागि बीमितले एक करोड ३ हजार ७ सय ८६ रुपैयाँ बीमा शुल्क भुक्तानी गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यो बीमा पोलिसीमा सिद्धार्थ बैंक र ज्योति विकास बैंक समेत जोडिएका छन् । अभिकर्ताले बीमितलाई परिबन्दमा पारेर केहि समयभित्रै सरेण्डर गराई पुरै रकम फिर्ता गराउने सर्तमा बीमा गराएको आरोप लागिरहेको छ । बीमित आफैं बीमा कम्पनी र अभिकर्ताले आफुलाई ठगी गरेको भन्दै बीमा प्राधिकरणमा उजुरी बोकेर पुगेपछि यो बिषयले जटिल मोड लिएको हो । अभिकर्ताले आफुलाई ठगेको भन्दै बीमितले उजुरी दिएका छन्, यत्रो ठूलो रकमको बीमा कसरी भयो ? जबरजस्ति बीमा गराउने कुरा कसरी सम्भव भयो ? कम्पनीले बीमा रकमको स्रोत किन खोजेन् ? यस्ता बिषयहरुमा हाम्रो गम्भिर ध्यान गएको छ, बीमा कम्पनी, अभिकर्ता र बीमित नै अनुसन्धानको दायरामा छन्’, बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने ।

बीमा कसरी गराईएको हो ? बीमा गराउँदा बीमित र अभिकर्ताबीच के के सहमति भएको थियो ? बीमा कम्पनीले सिंगल प्रिमियमको बीमा गराउँदा आम्दानीको स्रोतबारे किन सोधीखोजी गरेन् ? लगायतका बिषयको अनुसन्धान गर्न अन्य निकायहरुसँग पनि समन्वय भैरहेको पौडेलले बताए । बीमाका कारण नेपाल सम्पति सुद्धिकरणको ‘ग्रे एरिया’मा पर्न सक्ने जोखिम देखिएपछि प्राधिकरणले थप चनाखो हुँदै अध्ययन थालेको छ । ‘एउटा मान्छे एक करोडको सिंगल प्रिमियम पोलिसी खरिद गर्छ र ६ महिना पनि नपुग्दै पैसा फिर्ता चाहियो भन्दै किन उजुरी गर्न आउँछ ?’ पौडेलले प्रतिप्रश्न गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्