Shikhar Insurance

बैंकिङ संकटः अमेरिकापछि क्रेडिट स्वीस बैंक संकटग्रस्त, उद्धारमा ५४ बिलियन डलर आवश्यक

सिंहदरबार संवाददाता
२०७९ चैत्र २, बिहीबार ११:२८
NIMB
Nabil Bank

एजेन्सी । स्वीटजरल्याण्डको क्रेडिट स्वीज बैंकमा पनि समस्या ग्रस्त घोषित भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार क्रेडिट स्वीसको सेयर क्र्यास भएर एकै दिन ३० प्रतिशतले सेयर मूल्य घटेपछि बैंर्क समस्यामा परेको हो । क्रेडिट स्वीस समस्यामा पर्नुमा आन्तरिक व्यवस्थापन र सही रिपोर्टिङ नभएको अमेरिकी सञ्चार माध्यम सिएनएनले जनाएको छ ।

अत्याधिक सेयर मूल्य घटेको क्रेडिट स्वीज बैंकमा तरलता समस्या आउन सक्ने भन्दै उद्धारको लागि विभिन्न चरणमा छलफल सुरु भएको छ । जसमा लागि त्यहाँको सेन्टलब बैंक स्वीस सेन्ट्रल बैंकले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जेनेभास्थित स्वीस इन्फोका अनुसार तत्काल ५४ बिलियन डलरको आवश्यक पर्ने भन्दै सो रकम जुटाउने प्रयास भइरहेको छ । यद्यपि बैंकको संकट रोकिने छाँटकाँट देखिएको छैन । स्वीस नेशनल बैंकको जम्मा ५० बिलियन स्वीस ऋण उपलब्ध गराउन सक्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट उल्टिएको एक साता बित्न नपाउँदै युरोपका बैंकहरुमा पनि समस्या देखिन थालेको छ । अमेरिकामा दुई बैंक टाट पल्टिएसँगै विश्वभरका बैंकिङ सिष्टमले कडा चुनौतिको सामना गरिरहेको छ । विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकामा २ बैंक डुबेसँगै तनावमा रहेका विश्वभरका बैंकहरुलाई थप तनाव दिने गरी युरोपको क्रेडिट स्वीस समस्यामा परेसँगै अब युरोपका बैंकहरुको सुरक्षा चिन्ता बढेको छ ।

स्वीस सेन्ट्रल बैंकले आवश्यक तरलता सहयोग सहित सबै सहयोग गर्न तयार रहेको जनाएको छ । तर, सेयरको मूल्य लगातार घट्ने क्रम रोकिएको छैन । स्वीस क्रेडिटमा गम्भिर समस्या उत्पन्न भएपछि युरोपभरिका बैंकिङ क्षेत्रमा संकट आउन सक्ने हल्ला फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

साउदी नेशनल बैंकको ९.८८ सेयर रहेको क्रेडिट स्वीसका लागि मध्यपूर्वबाट आउनसक्ने सहयोगबारे साउदीस्थित हेडक्वाटरले स्पष्ट पारेपछि झनै तनाव बढेको छ । बैंकको लगानी नीतिका कारण क्रेडिट स्वीस बैंकका लागि थप लगानी गर्न सकिने जनाएको छ । साउदी नेशनल बैंकले १० प्रतिशतभन्दा माथि जान नमिल्ने नीतिका कारण थप पुँजी लगानी असम्भव भएको प्रतिक्रिया दिएसँगै बैंकको समस्या झनै बढ्न पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्