Shikhar Insurance

८ हजार ९५ जनाले पाए बिपिडब्लु लघुवित्तको आइपीओ

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार ११:५२
NIMB
Nabil Bank

काठमाण्डौ । बिपिडब्लु लघुवित्तको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको आइपीओ बाँडफाँड गोलाप्रथा विधिमाफ्त शुक्रबार बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सको कार्यालयमा गरिएको हो।

कम्पनीको आइपीओ ८ हजार ९५ भाग्यशाली आवेदकले १० कित्ताका दरले हात पारेका छन् । बिपिडब्लु लघुवित्तले गत फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म कुल ९७ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। जसमा ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त यो आईपीओमा १४ लाख ५९ हजार ७८४ आवेदकले कुल १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमा १४ लाख ५८ हजार २७८ आवेदकबाट परेको १ करोड ५७ लाख १६ हजार ७६० कित्ता सेयर खरिद आवेदन सदर भएको छ भने १ हजार ५०६ आवेदकबाट परेको १९ हजार ५० कित्ता सेयर खरिद आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ८ हजार ९५ जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १४ लाख ५० हजार १८३ को हात खाली भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्