Shikhar Insurance

पुँजी नपुर्याउने बीमा कम्पनीहरुको विजनेश रोक्दै प्राधिकरण, आधा दर्जन कारवाहीमा पर्ने पक्का

दिलु कार्की
२०७९ चैत्र ३, शुक्रबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । गत वर्षको चैत १० गते बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई एक वर्षको समय दिएर १५० प्रतिशतसम्मले पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । उक्त समय प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी २०७९ चैत मसान्तसम्म कायम गरिसक्न भनेको हो ।

सो अघिसम्म निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब र जीवन बीमा कम्पनीहरुले २ अर्ब रुपैयाँ पुँजी कायम गरी व्यवसाय गरिरहेका थिए । भने २०७९ चैत मसान्तसम्म सोही पुँजीका आधारमा व्यवसाय गर्न पाउँने व्यवस्था हो । तर, अब भने बीमा प्राधिकरणले तोकिएको पुँजी दिइएको समयमा वृद्धि नगर्ने कम्पनीहरुको व्यवसाय नै रोक्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले चैत मसान्तदेखि तोकिएको पुँजी कायम नगर्ने बीमा कम्पनीहरुको हकमा ‘रिक्स बेस क्यापिटल’ को अवधारण अनुसार व्यवसाय गर्न अनुमति दिन लागेको हो । जसअनुसार जुन कम्पनीको जति पुँजी छ, सोहीको आधारमा बीमा व्यवसाय गर्न पाउँने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

‘पुँजी नपुर्याउने कम्पनीहरुलाई पत्र लेख्छौं, के कति कारणले पुँजी पुर्याउन नसकेको स्पष्ट कारण पेश गर्नु पर्छ । मनासीव कारण पेश नगर्ने कम्पनीहरुलाई कारवाही गछौं,’ उनले भने, ‘कारवाही भनेकै क्यापिटल भन्दा माथि विजनेश गर्न नदिने भन्ने नै हो ।

थोरै पुँजी भएका कम्पनीहरुले समेत धेरै व्यवसायीक जोखिम बहन गरेको हुँदा प्राधिकरणले कम्पनीहरुको पुँजी वृद्धि गराएको हो । सोही कारणले तोकिएको पुँजी कायम नगर्ने बीमा कम्पनीहरुले अहिले गरिरहेको व्यवसाय नै घटाउने पर्ने उनको भनाई छ ।

प्राधिकरणले गत वर्ष नै पुँजी वृद्धिको निर्देशन दिँदै तोकिएको पुँजी कायम गर्ने योजना पेश गर्न भनेका थियो । प्राधिकरणले सर्वसाधारणमा आइपीओ जारी नगरेका नयाँ कम्पनी बाहेकलाई हकप्रदको बाटो सोही समय नै रोकेको थियो । हकप्रदको बाटो बन्द भएपछि पुँजी वृद्धिको योजना पेश गर्नेमध्ये २१ वटा कम्पनीले मर्जर तथा प्राप्तिको बाटोमार्फत् पुँजी वृद्धि गर्ने योजना पेश गरेका थिए । जसमध्ये अधिकांश मर्जर प्रक्रियाको अन्तिम चरणमा छन् भने केही कम्पनीहरुले एकीकृत कारोबार समेत सुरु गरिसकेका छन् ।

मर्जरमा गएर एकीकृत कारोबार शुरु गरेका कम्पनी बाहेक प्राधिकरणले तोकेको पुँजी नेको इन्स्योरेन्स, नेपाल लाइफको मात्रै पुगेको छ भने नेशनल लाइफको तोकिएको समयमा पुँजी पुग्न सक्ने पक्का देखिन्छ । तर, ५ वटा कम्पनीहरुले भने दिइएको समयसीमा भित्रै तोकिएको पुँजी वृद्धि गर्ने नसक्ने प्रष्ट भएको छ ।

जसमा सरकारी स्वामित्वका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी हुन् । साथै, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले पनि ०७९ चैत मसान्तसम्म तोकिएको पुँजी पुर्याउन नसक्ने प्रष्ट देखिएको हो ।

सरकारी स्वामित्वको बीमा कम्पनीलाई बीमा एन लागू भएपछिको कारवाही हुने र अन्य निजी स्वामित्वका कम्पनीहरुको भने बैशाख १ गतेदेखि विजनेश रोकिने प्राधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेलले बताए । ‘नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र एशियन लाइफको हकमा एक महिना भित्र तोकेको पुँजी पुर्याउन सकेनन् भने कारवाही हुन्छ,’ बीमा प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले भने, ‘राष्ट्रिय बीमा कम्पनीलाई समेत अन्य कम्पनी सो सरह नै कारवाही हुन्छ । एक महिना भित्र सरकारले पुँजी थप्नु नै पर्छ ।’ यस बाहेक मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी अन्मि स्वीकृति नलिएका कम्पनीहरु समेत कारवाहीमा पर्ने उनको भनाई छ ।

संस्थागतहरुले पुँजी थप गर्ने योजना गरि सोही अनुसार सिटिजन्स लाइफ, रिलाइबल लाइफ, सन नेपाल, आइएमई लाइफ र एनएलजी इन्स्योरेन्सले प्रकृया अघि बढाइसकेको छन् । यी कम्पनीहरुले आइपीओसँगै हकप्रद मार्फत् पुँजी वृद्धि गर्न प्राधिकरणसँगै धितोपत्र बोर्डमा प्रक्रिया शुरु गरिसकेका हुन् ।

‘उल्लेखित कम्पनीहरुलाई आइपीओमा जाने भनेर सैद्दान्तिक स्वीकृति दिइसकेका छौं भने, संस्थापकलाई समेत पुँजी थप गर्न पाउने व्यवस्था अनुसार काम भइरहेको छ ।’–उनले भने । आइपीओ जारी नगरेका कम्पनीहरुको हकमा भने तोकिएको पुँजी कायम गर्न चैत मसान्तको समय सीमा लागू नहुने उनले जानकारी दिए ।

सरकारी स्वामित्वका बीमा कम्पनीलाई समेत कारवाही गरिने
राष्ट्रिय बीमा संस्थानलाई बीमा ऐन लागू भएको एक वर्षभित्र कम्पनीमा परिणत हुन प्राधिकरणले भनिसकेको छ । ऐन २०७९ कात्तिक २२ गतेदेखि लागु भएको हुँदा ०८० कात्तिक २२ भित्र कम्पनीमा परिणत हुनुपर्छ । संस्थान कम्पनीमा परिणत भएपछि तोकिएको पुँजी कायम गर्नु पर्ने हुन्छ । राष्ट्रिय बीमा कम्पनीको हकमा भने निजी कम्पनी सो सरह कारवाही हुने पौडेलले बताए ।

‘बीमा ऐन लागू भएको आगामी कात्तिक २२ गते एक वर्ष हुन्छ, सो समयभित्रै बीमा संस्थान कम्पनीमा परिक्षण भइ तोकिएके पुँजी कायम गर्नु पर्छ, राष्ट्रिय बीमा कम्पनीको हकमा भने, अन्य कम्पनी सो सरह नै बैशाख १ गतेबाटै कारवाहीको प्रकृया शुरु हुन्छ ।’–कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने ।

राष्ट्रिय बीमा संस्थानको १ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी छ । संस्थानले कात्तिक २२ गतेसम्म ३ अर्ब ८१ करोड रुपैयाँ पुँजी थप्नु पर्ने बाध्यता छ । भने, हाल राष्ट्रिय बीमा कम्पनीको २६ करोड ३९ लाख रुपैयाँ मात्रै पुँजी हुँदा चैत मसान्तसम्म २ अर्ब २३ करोड ६१ लाख रुपैयाँ पुँजीको जोहो गर्नु पर्ने देखिन्छ ।

यी सरकारी स्वामित्वका कम्पनीहरुले यस अघि ततकालिन बीमा समितिले तोकेको पुँजी समेत कायम गरेको थिएन । तर, अब भने सरकारी भन्दैमा छुट नहुने पौडेल बताउँछन् । ‘सरकारी हुन् या निजी लगानीका बीमा कम्पनी सबैलाई एउटै कारवाही हुन्छ, सरकारलाई कारवाही नहुने भन्ने हैन । आफ्नो लगानीको बीमा कम्पनीमा तोकिएको पुँजी थप नगर्ने सरकारलाई पनि कारवाही हुन्छ ।’–उनले भने ।

यी कम्पनीहरुको पुँजी बराबरको मात्रै व्यवसाय जोखिम बहन गर्न पाउने हुँदा हाल गरिरहेको व्यवसाय घटाइने उनको भनाइ हो ।

विदेशी लगानीका कम्पनीको हकमा के होला?
विदेशी कम्पनीको हकमा ‘असाइण्ड क्यापिटल’ लागू हुन्छ । नेपालको बीमा क्षेत्रमा निर्जीवनतर्फ २ वटा र जीवनतर्फ १ गरी ३ वटा विदेशी कम्पनीहरुले बीमा व्यवसाय गरिरहेका छन् । जसमा मेटलाइफ इन्स्योरेन्स, नेशनल र ओरिएण्टल इन्स्योरेन्स हुन ।

यी कम्पनीहरुको केन्द्रीय कार्यालयबाटै व्यवसाय बराबरको जोखि बहन गर्ने प्रतिवद्धता पत्र आइसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘उनीहरुले पुँजीको थप्नु पर्ने भएपनि थप्ने वा नेपालमा आफ्नो कम्पनीले जति व्यवसाय गर्ने हो त्यो बराबरको जाखिम दायित्व हामी ब्याहोर्ने भनेर पठाइसकेका छन्,’ उनले भने, ‘प्राधिकरणले विदेशी कम्पनीहरुलाई असाइण्ड क्यापिटल पुर्याउन भनेका हौं, ती कम्पनीहरुले पुर्याउने प्रतिवद्धता पठाइसकेका छन् ।’

हालसम्म १० वटा कम्पनीहरुले मर्जर तथा प्राप्ति प्रकृया सम्पन्न गरी तोकिएको पुँजी कायम गरेका हुन् । बीमा तोकिएको पुँजी वृद्धि गर्न नसक्ने कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्स अजोडसँग मर्जरको सम्झौता टुटेपछि कारवाहीको भागिदार हुन भएको हो । तर प्रभुसँग मर्जरको भाँडेर युनाइटेडसँग सम्झौता गरेको अजोड पनि कारवाहीमा पर्ने देखिन्छ । यी दुबै कम्पनीले चैत मसान्त अघि नै मर्जरको अन्तिम स्वीकृत लिएर एकिकृत कारोबारको मिति तय गर्न नसकेमा व्यवसाय रोकिनेछ ।

पुँजी नपुग्ने कम्पनीहरु
प्राधिकरणले तोकेको पुँजी नपुग्ने कम्पनीहरुमा जीवन बीमातर्फ एशियन लाइफ हो । यो कम्पनीको हाल चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ कायम छ भने एक महिना भित्र २ अर्ब १० करोड रुपैयाँ पुँजी थप्नु पर्ने हुन्छ ।

यसैगरी, तोकिएको पुँजी कायम गर्न नसक्ने निर्जीवन बीमा कम्पनीहरुमा प्रभु र नेपाल इन्स्योरेन्स हुन । प्रभु इन्स्योरेन्सको हाल १ अर्ब २८ करोड रुपैयाँ पुँजी रहको हुँदा १ अर्ब २२ करोड रुपैयाँ थप्नु पर्ने हुन्छ । साथै, नेपाल इन्स्योरेन्सको १ अर्ब ३७ करोड रुपैयाँ पुँजी कायम छ । एक महिना भित्र कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँ पुँजी थप्नु पर्ने बाध्यता छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्