Shikhar Insurance

सुनको मूल्य प्रतितोला १ लाख ७ हजार नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सर्वजपनक गरेको विवरण अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, तेजावी सुनको मूल्य १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन अर्थात बिहिबार तेजावी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्