Shikhar Insurance

उपराष्ट्रपति पद निर्वाचनमा प्रधानमन्त्री दाहालद्वारा मतदान

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १३:१८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पद निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म ५ सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिइन्।

Citizen Life
Kumar Bank
Nepal Life

संघतर्फ २ सय १२ र प्रदेशतर्फ ३ सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा ३ सय ३२ संघीय संसद्का सदस्य र ५ सय ५० प्रदेशसभाका सदस्य मतदाता छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्