‘ब्याजदर आन्दोलन महासंघको होइन, समस्यामा परेका व्यवसायीलाई साथ मात्रै हाे’–उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ ३० वर्षदेखि व्यवसायमा छन् । व्यवसायलाई विविधिकरण गरी लामो विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका श्रेष्ठ सफल व्यवसायी मानिन्छन् । प्रस्तुत छ उनीसँग मुलुकको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रले झेल्नु परेका समस्याका सन्दर्भमा केन्द्रित रही राष्ट्रिय समाचार समितिका लागि उपसम्पादक कमलकुमार बस्नेतले गरेको कुराकानीको सम्पादित अंश : ब्याजदर बढी हुँदा व्यवसायी मर्कामा परे भन्दै तपाईंहरु आन्दोलनमा उत्रनुभयो । नेपाल बैंकर्स संघले ब्याजदर घटाइसकेको अवस्थामा प्ले कार्ड बोकेर सडकमै उत्रनुपर्ने के बाध्यता आइलाग्यो ? आन्दोलन नेपाल उद्योग वाणिज्य महासंघले सुरु गरेको होइन । जिल्ला उद्योग वाणिज्य संघले आह्वानमा भएको आन्दोलनमा हामीले ऐक्यबद्धता जनाएका हौँ । पक्कै पनि व्यवसायीहरु मर्कामा छन्, पलायन हुने अवस्थामा पुगेका व्यवसायीको समस्यामा हामी पनि छौँ भन्दै साथ दिनका लागि सहभागी भएका हौँ । तपाईहरुले ब्याजदर एकल विन्दुमा झर्नुपर्छ भनिरहनुभएको छ । आन्दोलनबाट ब्याजदर यति हुनुपर्छ भन्न मिल्छ? हाम्रो जस्तो अर्थतन्त्र भएको मुलुकमा १० प्रतिशत ब्याजदर स्वभाविक हो । हाम्रो भनाइ उद्योग र व्यापारका लागि ब्याजदर फरक हुनुपर्छ भन्ने हो । त्यसमा पनि साना तथा मझौला उद्योगको हकमा अझ सहुलियत हुनुपर्छ । ब्याजदर १० प्रतिशतभन्दा बढी हुनु हुँदैन । यद्यपि, महासंघले कहिल्यै पनि यति नै ब्याजदर हुनुपर्छ भनेर भनेको छैन । हामीले त मौद्रिक नीतिका औजार प्रयोग गरी ब्याजदर घटाउने … Continue reading ‘ब्याजदर आन्दोलन महासंघको होइन, समस्यामा परेका व्यवसायीलाई साथ मात्रै हाे’–उपाध्यक्ष श्रेष्ठ