Shikhar Insurance

लघुवित्तले कमाए पौने ४ अर्ब, छिमेकले नै ५८ कराेड कमाउँदा साना किसान र जिवन विकास पछि–पछि

कुनले कति? (सूची सहित)
सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामै लघुवित्त वित्तीय संस्थाहरुलै पौने ४ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका ६४ वटा लघुवित्तले गत पुस मसान्तसम्म ३ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार चालु आवको दोस्रो त्रैमासमा लघुवित्त संस्थाहरुले ४ लाख रुपैयाँमाथि ५८ करोड ५६ लाख ४२ हजार रुपैयाँसम्म खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा बढी कमाउने छिमेक लघुवित्त र सबैभन्दा कम नाफा कमाउने खप्तड लघुवित्त हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधिमा ५७ वटा लघुवित्तको नाफा सकारात्मक हुँदा ७ वटाको नकारात्मक छ । पुस मसान्तसम्म नेपाल ग्रामिण विकास लघुवित्त, बीपीडब्लु, सामुदायिक, मानुषी, लक्ष्मी, वीन नेपाल र उपकार लघुवित्तको नाफा नकारात्मक रहेको हो ।

नाफा कमाएका ५७ लघुवित्तमध्ये ४ वटाले २० करोड रुपैयाँदेखि ५८ करोड ५६ लाख रुपैयाँसम्म, ७ वटाले १० करोड माथि २० करोड रुपैयाँसम्म, ८ वटाले ५ करोडमाथि ९ करोड रुपैयाँसम्म, २४ वटाले १ करोडमाथि ५ करोड रुपैयाँसम्म र १४ वटाले १ करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका हुन् ।

जसमध्ये पहिलो नम्बरमा छिमेक रहँदा दोस्रो नम्बरमा साना किसान लघुवित्त र तेस्रोमा जीवन विकास लघुवित्त सूचीकृत भएका छन् । सो अवधिमा साना किसानले ४३ करोड ४९ लाख रुपैयाँ र जीवन विकासले २५ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यस्तै, स्वाबलम्वन लघुवित्तले २४ करोड १ लाख, डिप्रोक्सले १९ करोड ७२ लाख, निर्धनले १६ करोड ८५ लाख, नेशनलले १६ करोड १६ लाख, एनआइसी एशियाले १४ करोड ४४ लाख, फस्ट माइक्रोफाइनान्सले १४ करोड ४४ लाख, आरएमडीसीले १३ करोड ८ लाख र नेस्डोले ११ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यसैगरी ५ लाख रुपैयाँमाथि १० लाख रुपैयाँसम्म खुद नाफा कमाउनेमा किसान लघुवित्तले ८ करोड २१ लाख, आरएसडीसीले ७ करोड ५२ लाख, सुर्यादयले ७ करोड २५ लाख, नेरुडेले ६ करोड २९ लाख, मेरो माइक्रोफाइनान्सले ६ करोड २८ लाख, फर्वाडले ५९५ लाख र मिरमिरेले ५ करोड ५८ लाख र स्वरोजगार लघुवित्तले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्