Shikhar Insurance

लगानी बोर्डबाट प्रवर्द्धित विकास आयोजना बुझ्दै प्रचण्ड, सबै बाधा हटाइदिने वाचा

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाहरूको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएका छन् । प्रधानमन्त्री प्रचण्डले त्यस्ता परियोजनाका विकासकर्ताहरूसँग समेत भेटघाट र अन्तर्क्रिया पनि गरे ।

प्रधानमन्त्री, मुख्य सचिव लगायत विशिष्ट अतिथिहरूलाई बोर्डको कार्यालयमा स्वागत गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा जानकारी गराएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

छलफलमा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांङ्गदी–२ अर्धजलासययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी–६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपाल, चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन अनुरोध गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्