Shikhar Insurance

रियानलाई जन्मदिनमा प्रभु लाइफको जीवन बीमा उपहार

सिंहदरबार संवाददाता
२०७९ चैत्र ५, आईतवार ०९:५३
NIMB
Nabil Bank

काठमाडौं । भक्तपुर निवासी चन्दन दुवाल र सविना श्रेष्ठले आफ्नो छोरा रियान दुवाललाई जन्मदिनको उपलक्ष्यमा प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड भक्तपुर शाखाबाट १५ लाखको जीवन किरण बीमा पोलिसि उपहार स्वरुप प्रदान गरेका छन् । जीवन किरण बीमा योजनामा बीमा शुल्क छुट सुविधा, अशक्तता सुविधा, मासिक आय सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर एवम् एमडीआरटी सदस्य बबिब दुवालले जन्मोत्सवका बिच बीमा पोलिसि हस्तान्तरण गरेको शाखा प्रमुख निना श्रेष्ठले बताइन् । जीवन बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिएकोमा दुवाल परिवारलाई वागमति प्रदेश प्रमुख मदन विष्टले बधाई एवम धन्यवाद दिए । पछिल्लो समय जीवन बीमा र यसको जनचेतनाले पु¥याएको सकारात्मक पक्षले गर्दा जीवन बीमा संस्कारको रुपमा विकास हँुदै गएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्