Shikhar Insurance

सुनको मूल्य ऐतिहासिक रेकर्ड कायम, प्रतितोला १ लाख १० हजार

सिंहदरबार संवाददाता
२०७९ चैत्र ५, आईतवार ११:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा आज(चैत्र ५ गते) आइतबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्यले अघिल्लो रेकर्डलाई पछार्दै नयाँ रेकर्ड बनाएको हो ।

आइतबार एकै दिनमा सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सर्वजनिक गरेको विवरण अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँको उच्च विन्दुमा कारोबार भइरहेको छ । यसअघिको कारोबारको दिन अर्थात शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी तेजावी सुन पनि यस दिन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन अर्थात शुक्रबार  चाँदी १ हजार ३ सय १० रुपैयाँमा खरिदबिक्री भएकाे थियाे ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्