Shikhar Insurance

अर्थमन्त्रीमा डा. प्रकाश शरण महत पक्का !

सिंहदरबार संवाददाता
२०७९ चैत्र ५, आईतवार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काङ्ग्रेसले डा. प्रकाश शरण महतलाई अर्थमन्त्री बनाउने भएको छ । प्रचण्ड सरकारमा अर्थमन्त्रालय नछाड्ने निधो गरेको काङ्ग्रेसले डा. महतलाई अघि सार्न लागेको हो । श्रोतका अनुसार काङ्ग्रेस सभापति देउवाले आफ्ना बिश्वास पात्र महतलाई अर्थमन्त्री बनाउने आश्वासन दिईसकेका छन् । देउवाले आफ्ना निकटहरु संगको छलफलमा अर्थमन्त्रालय सम्हाल्ने उपयुक्त पात्र अहिलेका लागी डा. महत नै भएको बताएका छन् । उनी बाहेक ज्ञानेन्द्र बहादुर कार्की, एनपी साउद, उदय शमशेर राणाले पनि अर्थमन्त्री बन्ने चाहना राखेका छन् । मन्त्री नबन्ने सार्वजनिक घोषणा गरेका महामन्त्री गगन थापाले पनि आफ्नो कोर टिमको बैठकमा अर्थमन्त्रालय पाए काम गर्ने बताउन थालेका छन् । तर देउवाले भने डा. महतलाई अघि सार्न लागेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्