Shikhar Insurance

६ अंकले घटेको बजारमा ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, १ अर्ब ६ करोड कारोबार

सिंहदरबार संवाददाता
२०७९ चैत्र ५, आईतवार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार सेयर बजार सामान्य अंकले घट्दा ३ कम्पनीको लगानीकर्ताहरुले सेयर मूल्य सर्वाधिक १० प्रतिशतले कमाएका छन् । यस दिन माहुली लघुवित्त वित्तीय संस्था, यूनिक नेपाल लघुवित्त र शिवम् पावर कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ६.९० अं.कले घटेर १,९२६.४० को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.५२ अंकले घटेर ३६३.२६ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबाको दिन अर्थात बिहिबार नेप्से परिसूचक ५।३२ अंकले घट्दा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ ।

नेप्सेका अनुसार कारोबारमा आएको ७४ कम्पनीको सेयर मूल्य बढेको छ । १२७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, १२ कम्पनीको सेयर मूल्य स्थिर छ । यसदिन सानिमा ग्रोथ फण्डको मूल्य सबैभन्दा बढी ८.५६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको ६ करोड १० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यसैगरी, शिवम् सिमेन्टको ४ करोड ५ लाख, एनआइसी एशिय बैंकको ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख र नबील बैंकको ३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भइ शीर्ष पाँच भित्र रहेको छ ।

१३ वाट समूहगत उपसूचकहरु मध्य ५ समूहको परिसूचक बढेको छ । भने बाँकी ७ समूहको परिसूचक घटेको छ । यसदिन होटल एण्ड टुरीजम समूहको परिसूचक सबैभन्दा बढी ०.८७ प्रतिशतले बढेको छ । भने, म्युचुअल फण्डको सबैभन्दा बढी १.१० प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्