Shikhar Insurance

रासनकार्डमा भएको अनियमितता छानबिनका लागि समिति गठन

सिंहदरबार संवाददाता
२०७९ चैत्र ५, आईतवार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय सिमकोटले रासनकार्डमा अनियमितता गरेको पाइएको भन्दै छानबिन गर्न समिति गठन गरेको छ । रासनकार्डमा परिवारको संख्या बढी उल्लेख गरिएको पाइएपछि छानबिनका लागि समिति गठन गरिएको हो ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि सदस्य रहने छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सिमकोट गाउँपालिका वडा नं ५ र ६ क्षेत्रमा वितरण गरिएको रासनकार्डमा परिवारको संख्या बढी उल्लेख गरेको पाइएपछि छानबिन समिति गठन गरिएको शाखा कार्यालयका निमित्त प्रमुख नवीन आचार्यले बताए।

हाल सिमकोट बजारमा ८ सय ४६ रासनकार्ड वितरण गरिएको छ । “एउटै रासनकार्डमा आठदेखि दश जनासम्म परिवार संख्या उल्लेख गरी खाद्यान्न लिने गरेको पाइएपछि यथार्थ छानबिन गर्न लागिएको हो”, आचार्यले भने, “रासनकार्डमा भएका प्रत्येक सदस्यले अधिकतम पाँच केजी खाद्यान्न पाउने व्यवस्था छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्