Shikhar Insurance

प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ६, सोमबार ११:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सुन तथा चाँदी बजारमा सोमबार सुनको मूल्य घटेको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार एकै दिनमा २ हजार ९ सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मुल्य सोमबार प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सर्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबारको दिन अर्थात आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, सोमबार तेजावी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आइतबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमको दिन अर्थात आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा नेपालमा दैनिक सुन ताथ चाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्