Shikhar Insurance

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम पनि सुधार

सिंहदरबार संवाददाता
२०७९ चैत्र ६, सोमबार १५:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकको बढेको छ । अघिल्लो साताको बुधबारदेखि निरन्तर रुपमा ओरालो लागेको सेयर बजार आज दोहोरो अंकको सुधार देखिएको हो ।

सोमबार नेप्से परिसूचक २२.६५ अंकले बढेर १,९४९.०६ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.९७ अंकले बढेर ३६६.२३ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से परिसूचक ६.९० अंकले घट्दा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार देखिएको छ ।

नेप्सेका अनुसार कारोबारमा आएका १७८ कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको घटेको छ । भने, ३ कम्पनीको सेयर मुल्य स्थिर छ ।

नेप्सेका अनुसार दोहोरो अंकले बढेको बजारमा एक कम्पनीको सेयर मूल्यउच्च वृद्धि भएको छ । यसदिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९४१ रुपैयाँ पुगेको हो ।

नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमुल्य ५.३६ प्रतिशत घटेको छ ।

कारोबारको आधारमा यसदिन आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको ७ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो।

त्यसैगरी, एनआयसी एशिया बैंकको ६ करोड १९ लाख र सिटिजन बैंक इन्टरनेश्नलको ५ करोड ८५ लाख रुपैयाँसहित दोस्रो र तेस्रो स्थानमा छ ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्