Shikhar Insurance

५०/५२ सालमा किनेको १० कित्ता सेयरले अहिले लाखौं लाख सम्पति जोडेँ- गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७९ चैत्र ६, सोमबार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५०।५२ सालमा किनेको १० कित्ता सेयरले लाखौं लाख सम्पति बनाएको बताएका छन् । ग्लोबल मनि विक–२०२३ को आरम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५०/५२ सालमा सेयर किन्दाको अनुभव सुनाएका हुन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई सम्बोधन गर्दै उनले सेयर बजारमा गरिने थोरै लगानीले लाखौं लाख सम्पति जोड्न सकिने संकेत गरेका हुन् । ‘यहाँ सेबोनको अध्यक्ष पनि हुनुहुन्छ, त्यतिबेला २०५०।५२ सालमा रिपोर्ट विश्लेषणका लागि किनेको १० कित्ता सेयरले आज लाखौं लाखको सम्पति बनाईदिएको छ ।’, गभर्नर अधिकारीले भने ।

उनले अघि थपे–‘लिस्टेड कम्पनीबारे जानकारी लिनका लागि २ वर्षपछि बल्ल बल्ल एउटा बार्षिक रिपोर्ट आउँथ्यो, त्यो पनि कति पारदर्शी हुन्थ्यो वा हुन्नथ्यो । त्यसलाई एनालाईसिस गर्न हामी यसो १० कित्ता भएपनि सेयर किनेर रिपोर्टलाई पछ्याउँथ्यौं । यहाँ सेबोनको अध्यक्ष पनि हुनुहुन्छ, त्यतिबेला २०५०/५२ सालमा रिपोर्ट विश्लेषणका लागि किनेको १० कित्ता सेयरले आज लाखौं लाखको सम्पति बनाईदिएको छ । त्यतिबेला त अफरिङ गर्दा पनि सबै सेयर सब्सक्राइब हुने अवस्था थिएन् । त्यो सेयर त्यसरी क्यापिटलाइज भैरहेको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

उनले नेपालमा बचतको तुलनामा उपभोग र खर्च गर्ने प्रवृत्ति बढी रहेको पनि बताए । ‘राष्ट्रिय आयसँग दाँजेर हेर्ने हो भने हाम्रो बचतको प्रवृत्ति कमजोर छ । त्यसैले हामीले बचत गर्ने बानीको विकास गर्नुपर्छ । बचतले नै लगानी र आम्दानीको बाटो देखाउने हो ।’, गभर्नर अधिकारीले भने । उनले नेपालमा बचतको ब्याजदर राम्रो रहेको पनि उनले बताए । ‘नेपालमा रेट राम्रो छ, ५, ७, ८ वा १० वर्षमा त्यो दोब्बरै हुने खालका रेट छन् । त्यो सेभिङले काम गर्छ, त्यसलाई मल्टिप्लाई गर्न सकिन्छ, त्यसकारण सेभिङ अत्यन्तै जरुरी छ ।’, गभर्नर अधिकरीले भने । उनले त्यस्तो सेभिङ गर्न नसकिए कहिँ कतै खर्च भएर जाने पनि बताए । उनले आम्दानी नै बचतबाटै हुने पनि बताए । युवा विद्यार्थीमाझ वित्तीय जागरण र वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल मनी विकको अभियान महत्वपूर्ण अवसर रहेको उनको भनाई थियो ।

बैंकिङ, पुँजी बजार, बीमा जस्ता वित्तीय क्षेत्रबारे जानकारी लिन र आफुले सिकेका ज्ञान/सीपलाइ सचेतनामूलक अन्तरक्रिया, र्याली र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् । यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई आफ्ना समाज र परिवारमा समेत प्रवाह गर्न गभर्नर अधिकारीले विद्यार्थीहरूलाई आग्रह गरे ।

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोयो एघारौं संस्करण हो । अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले विभिन्न कलेजका सयभन्दा बढी विद्यार्थीको सहभागितामा ललितपुरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गर्यो । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रसँगैराष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारीहरूको उपस्थिति थियो । चैत १२ गतेसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्