Shikhar Insurance

पवन गोल्यानको होटल हायात प्लेसलाई आईपीओको अनुमति

सिंहदरबार संवाददाता
२०७९ चैत्र ६, सोमबार १८:२०
NIMB
Nabil Bank

काठमाडौं । उद्यमी पवन गोल्यान नेतृत्वको होटल हायात प्लेसले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले चैत ५ गते आईपीओ निष्काशनको अनुमति दिएको हो । सीटी होटल लिमिटेडका नामबाट सञ्चालित होटलले सर्वसाधारणलाई १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो ।

शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । २०७८ कात्तिक १५ देखि सोल्टिमोड मा पाँच तारे होटल हायात प्लेस सञ्चालन गरिरहेको छ । होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधा छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्