Shikhar Insurance

मर्जरको एजेण्डा पास गर्न आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्सले डाके साधारण सभा

सिंहदरबार संवाददाता
२०७९ चैत्र ७, मंगलवार ०९:३८
NIMB
Nabil Bank

काठमाडौं । मर्जरको एजेण्डा पास गर्न आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएका छन् । दुबै कम्पनीले चैत २२ गते साधारण सभा बोलाएका हुन् । दुई कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ ।

एक बराबर एकको स्वाप रेसियोमा मर्जर हुन लागेका दुई कम्पनीले आईजीआई प्रुडेन्सियलका नामबाट कारोबार गर्नेछन् । हाल आईजीआईको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियलको १ अर्ब १८ करोड रुपैयाँ छ। मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।}

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौतामा नयाँ कम्पनीको सिईओमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् । त्यस्तै कम्पनीको अध्यक्षमा हेमराज ढकाल हुनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्