Shikhar Insurance

नेपाल–रसिया चेम्बर अफ कमर्शको अध्यक्षमा बैंकर अशोक शेरचन, अरु को को आए ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ७, मंगलवार ११:४६
NIMB
Nabil Bank

काठमाडौं । बैंकर अशोक शेरचनको अध्यक्षतामा नेपाल–रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएको छ । चेम्बरको साधारण सभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शेरचनसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भइका छन् । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ, सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवाल रहेका छन् ।

यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ छन् । कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्